चोरीको घट्नामा वृद्धिले आम जनता चिन्तित

istockphoto-168620130-612x612.jpg

गान्तोक: फेरि राजधानी गान्तोकमा चोरीको घट्नामा वृद्धि भएको छ। केही दिन अघि स्थानीय नामनाङ क्षेत्रको एउटा घरमा लाखौं रुपियाँको स्वर्ण अनि चाँदीको आभूषणसँगै लाखौं रुपियाँ नगद चोरी भएको थियो भने हिजो अप्पर सिच्छेको नाइटी बजार नजिक फेरि चोरीको घट्ना प्रकाशमा आएको छ। पुलिस सूत्रकाअनुसार स्थानीय एउटा घरमा अज्ञात चोर(हरू) ले लाखौं रुपियाँको आभूषणसँगै लाखौं रुपियाँ नगद चोरी गरेर चम्पट कसेको छ।

प्राप्त जानकारीअनुसार हिजो चोरीको घट्नालाई लिएर एकजना ब्रजेश गुरूङ नाम गरेको व्यक्तिले गान्तोक सदर थानालाई लिखित प्राथमिकी दिएर सुचित गरेका थिए। प्राथमिकीमा उनले उनको उप्पर सिच्छे नाइटी बजार नजिक अवस्थित आफ्नी बहिनीको घरको ताला तोड़िएको देखेपछि भित्र पसेर हेर्दा घर सबै लथालिङ्ग पाएका थिए। पछि बुझ्दा चोर(हरू) ले ३ लाख ४७ हजार रुपियाँ राबरको स्वर्ण आभूषण, 8 हजारको हिराको टप साथै २५ हजार रुपियाँ नगद चोरी गरी भएको थियो।

घट्नालाई लिएर सदर पुलिसले आइपीसीको धारा 380अन्तर्गत मामिला दर्ता गरेर जाँच शुरु गरेको छ। उल्लेखनीय छ, केही समय अघि केही अलग अलग मामिलामा पुलिसले केही चोरहरूलाई पक्राउ गरेपछि राजधानीमा चोरीको घट्नामा कमी आएको थियो। तर, अहिले आएर फेरि यसमा वृद्धि देखिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *