अल्पाइन स्पोर्टिङ क्लब बन्यो सिका ए डिभीजन च्याम्पियन

IMG-20230324-WA0359.jpg

खेललाई राजनीतिकरण गर्नु हुँदैन्ः मुख्यमन्त्री प्रेमसिंह तामाङ

गान्तोक: गत ५ मार्चदेखि शुरू भएको सिक्किम क्रिकेट एसोसिएशनको पहलमा आयोजित ए डिभीजन मेन्स क्रिकेट प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भयो। आजको यस फाइनल खेलमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ रहेका थिए भने विशिष्ट अतिथिमा मन्त्री सञ्जीत खरेल रहेका थिए। यस प्रतियोगितामा राज्यका कूल 8 वटा टोलीले सहभागिता जनाएको थियो। आजको फाइनल खेल पाकिम एकादश बनाम अल्पाइन स्पोर्टिङ क्लबबीच सम्पन्न भयो। यस प्रतियोगिबारे कुराकानी गर्दै राज्यका मुख्यमन्त्री तामाङले सिक्किमले क्रिकेट क्षेत्रमा छोटो अवधिमा धेरै विकास गरेको बताए। विशेष गरेर सिक्किममा बढदो क्रिकेटको क्रेजलाई ध्यानमा राख्दै अझ एउटा क्रिकेट खेल मैदान बनाउनु पर्ने र यस विषयमा राज्य सरकारले पहल गर्ने अवगत गराए।उनले एक समयमा आफू पनि सिक्किम क्रिकेट एसोसिएशनको अध्यक्षको पदमा रहेर काम गरेको बताए। सिक्किमले केही दिन अघि मात्र रञ्जी ट्रफी प्रतियोगिता आयोजना गरेको र यसमा सिक्किमका टोलीले पनि सहभागिता जनाएको जानकारी गराए। रणजी ट्रफीको माध्यमद्वारा राष्ट्रीयस्तरमा खेल्न पाउने बताए।उनको भनाइअनुसार सिक्किममा सबै क्षेत्रमा राजनीति मिसाउने र राजनीतिक दृष्टिकोणले हेर्ने परम्परा रहेको कारण कसैले पुऱ्याएको योगदानको कदर नगरिएको बताए। आफू अध्यक्षको पदमा हुँदा सिक्किम क्रिकेट संघलाई पनि बीसीसीआईले भोटिङ अधिकार दिनुपर्छ भनेर राज्यको उच्च न्यायालयमा मुद्दा हालेको बताए। त्यस समयमा राज्यको उच्च न्यायालयले सिक्किम क्रिकेट एसोसिएसनको हितमा फसेला सुनाएको थियो। तर उक्त फसेलालाई बीसीसीआईले चुनौती दिँदै देशको सर्वोच्च न्यायालयमा मुद्दा हालेको पनि उनले थप जानकारी गराए। त्यस समयमा बीसीसीआईको अनुरोधमा सिक्किम क्रिकेट एसोसिएशनले सम्झौता गरेको बताए। उक्त सम्झौता अनुरूप बीसीसीआईले प्रति वर्ष सिक्किम क्रिकेटलाई विकास गर्नेको निम्ति 50 लाखरूपियाँ प्रदान गर्नको साथै अन्य सबै सुविधा दिने बचन दिएको थियो। सोही अनुरूप अहिले सिक्किममा क्रिकेटको विकास भइरहेको उनले थप जानकारी गराए। आफू क्रिकेट एसोसिएशको पदबाट हटेपछि कुनै पनि क्रिकेट खेलमा आफूलाई आमन्त्रित नगरेको जनाउँदै खेलकूद लगायत कुनै पनि अन्य क्षेत्रलाई राजनीतिक दृष्टिकोणले हेर्नु नहुने सुझाउ दिए। यसका साथै उनले आजको विजयी र उपविजयी दुवै टोलीलाई एक एक लाख प्रदान गरे भने सबैभन्दा बेसी विकेट लिने र रन बनाउनेलाई पचास पचास हजार प्रदान गरे। आजको यस प्रतियोगितामा अल्पाइन स्पोर्टिङ क्लब विजयी बन्यो। यस प्रतियोगिताको प्लेयर अफ् द म्याच आशिष थापालाई घोषणा गरियो भने प्लेयर अफ् द टुर्नामेन्ट अंकुर मल्लिक, बेस्ट व्याट्सम्यान प्रनिष छेत्री,सबै भन्दा बेसी विकेट लिने विकेट टेकर आशिष थापा, बेस्ट विकेटकिपर अरूण छेत्री र सबै भन्दा अधिक रन बनाउने ओम सैनिलाई मुख्यमन्त्रीको तर्फबाट नगद पचास हजार गरेर प्रदान गरियो। आजको यस कार्यक्रममा राज्यका खेलकूद एवम युवा मामिला विभाग मन्त्री केएन लेप्चा, पर्यटन मन्त्री बीएस पन्त, मन्त्री सञ्जीत खरेल, विधायक अदित्य गोले र मन्त्री साम्दुप लेप्चाको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *