राज्यपालद्वारा अर्थ आवर पालन गर्न अपील

photocollage_2023323222050260.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमवासीहरूलाई अर्थ आवर मनाउन अपील गरेका छन्। उनले अर्थ आवर वैश्विक कार्यक्रम रहेको र वार्षिक रूपमा मार्चको अन्तिम शनिवार राति ८.३० बजीदेखि ९.३० बजीसम्म पालन गरिन्छ भनी बताएका छन्। राज्यपालले भनेका छन्, हाम्रो पृथ्वीको सुरक्षाको तत्काल आवश्यकताको बारेमा जागरूकता बढाउन संसारभरि मानिसहरूले अनावश्यक बिजुली र अन्य इलेक्ट्रोनिक उपकरणहरू बन्द गर्छन्। उनले एक जिम्मेवार नागरिकको रूपमा आफ्नो पर्यावरण र आफ्नो ग्रहमा मानव गतिविधिहरूको प्रभावको बारेमा चिन्तन गर्न आह्वान गरेका छन्। उनले भनेका छन्, जलवायु परिवर्तन, वनको कटाई, प्रदूषण, जलको समस्या जस्ता चुनौतीहरू छन्, जसको हामीले आज सामना गरिरहेका छौ। हाम्रो आउँदो पीढीको निम्ति पर्यावरण संरक्षित गर्नु र उनीहरूको भविष्यलाई सुरक्षित गर्नु हाम्रो जिम्मेवारी हो। राज्यपालले सबैलाई एकजुट बन्न र आफ्नो ग्रहको रक्षाको निम्ति सामूहिक प्रयास गर्न आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement