विद्यार्थीहरूलाई लिएर सचेतना कार्यक्रम आयोजित

गान्तोक: आज गान्तोक नगर निगमले बुर्तुक्क निम्न माध्यमिक विद्यालयमा फोहोर मैला प्रबन्धनबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रममा मुख्य अतिथिकोरूपमा गान्तोक नगर निगमका मेयर निल बहादुर छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथमा गान्तोक नगर निगमका आयुक्त आरबी भण्डारी, बजार अधिकारी, विद्यालय प्रबन्धन समितिका सदस्य, शिक्षकवर्ग, अभिभावकवर्ग लगायत विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर निल बहादुर छेत्रीले गान्तोकका क्षेत्रको सरसफाइमा सामूहिक प्रयास गर्नुपर्ने बताउँदै सार्वजनिक सम्पत्ति सर्वसाधारणको सम्पत्ति रहेको बताए। उनले विशेष गरेर फोहोर मैला प्रबन्धनबारे बोल्दै फोहोर मैलाको प्रबन्धन र उचित व्यवस्थाबारे विस्तृतरूपमा अवगत गराए। यस अवसरमा गान्तोक नगर निगमका आयुक्त आरबी भण्डारीले फोहोरमैलालाई छुट्याएर फोहोर संकलन गर्ने वाहनमा बुझाउनु पर्ने साथै फोहोर उत्पादन गर्ने दायित्व भएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *