सिक्किमभरि पालन गरियो विश्व क्षयरोग दिवस

IMG-20230324-WA0360.jpg

नाम्ची: राज्यको चारै जिल्लका अस्पतालमा आज विश्व क्षयरोग दिवस पालन गरियो। यसै क्रममा “हजुर हामी क्षय रोग समाप्त गर्न सक्छौं’’ भन्ने थिममा आज जिल्ला अस्पताल नाम्चीमा विश्व क्षयरोग दिवस पालन गरियो। यस अवसरमा नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने नाम्चीका प्रमुख चिकित्सा अधिकारी डा. डीसी शर्मा, जिल्ला चिकित्सा अधिक्षक डा. एसएन अधिकारी, लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि अध्यक्ष राईले क्षयरोगलाई चिकित्सा, सामाजिक र आर्थिक पक्षको दृष्टिले व्यापक प्रतिक्रिया आवश्यक पर्ने रोगको रूपमा बुझ्नुपर्ने महत्त्वबारे प्रष्ट पारे। क्षयरोगको निदानमा तत्काल प्रतिक्रिया सान्दर्भिक छ र प्रभावकारी उपचारले क्षयरोगलाई कम गर्न सकिन्छ भन्ने उनले बताए।नाम्चीका प्रमुख चिकित्सा अधिकारी डा. डीसी शर्माले क्षयरोगका विभिन्न पक्षहरूबारे जानकारी गराउँदै यसको लक्षण, यसको उपचारका विभिन्न उपायबारे बताए। उनले क्षयरोगमा २०% कमी आएकोले क्षयरोग केन्द्रको टोलीलाई पनि बधाई दिए। यसलाई उनले क्षयरोग विरुद्ध लड्न ठूलो उपलब्धि मानेका छन्। यसरी नै जिल्ला क्षयरोग अधिकृत डा. अन्जु राईले जिल्लामा क्षयरोग उन्मूलनमा सक्रिय भूमिका खेल्ने क्षयरोग केन्द्रका कर्मचारीहरू अनि असरकारी संस्थाहरूलाई सम्मान जनाइन्। कार्यक्रममा क्षयरोग नारा लेखन प्रतियोगिताका विजेताहरूलाई प्रमाण पत्र प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *