काठमाडौँः नेपालको बागमती प्रदेश सरकारबाट केपी शर्मा ओली नेतृत्वको सीपीएन यूएमएल अलग भएपनि प्रधानमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन्। उनले आज शुक्रवार भएको मतदानमा नेपाली काँग्रेससहित बहुमत सांसदहरूबाट विश्वासको मत प्राप्त गरेका हुन्।
बैठकमा उपस्थित ९१ जना सांसदहरूमध्ये ६७ जनाले विश्वासको पक्षमा मत दिएको सभामुख भुवन पाठकले जानकारी दिए। विपक्षमा १७ र तटस्थ ७ जना सांसद रहे। विश्वासको मतमा मतदान हुनुअघि यूएमएलका चार मन्त्रीले पदबाट राजीनामा दिएका थिए। केन्द्र सरकारमा यूएमएल हटेपछि प्रदेशहरूमा पनि हट्न वाध्य भएको छ। बागमती प्रदेशका प्रधानमन्त्री शालिकराम जमकट्टेल सीपीएन एमकेका हुन् जसको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्।
About Author
Post Views: 137