फार्मा कम्पनीको स्थलगत निरीक्षण गरे प्रेमराज गुरुङले

गान्तोक: आज यहाँको ३२ नम्बरमा अवस्थित टोरेण्ट फार्मा कम्पनीको स्थलगत निरीक्षण एसकेएम श्रमिक प्रकोष्ठका अध्यक्ष प्रेमराज गुरुङले गरे। यस अवधि उनीसँग श्रम विभागका निरीक्षकहरू साथमा रहेका थिए। उनले श्रमिकहरूद्वारा गरिएको जिज्ञासाहरूलाई सम्बोधन गर्दै ती समस्याहरू समाधान गर्ने कार्य गरे। आफूहरूको वेतनवृत्तिमा महत पहल गरिदिएकोमा श्रमिकहरूले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता प्रकट गरे भने एसकेएम श्रमिक प्रकोष्ठलाई पनि धन्यवाद दिए। आगामी श्रमिक दिवसको कार्यक्रममा सहभागिता जनाउन श्रमिकहरू आतुर रहेको देखियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *