भाजपा नेता विकास सरकार जमानतमा रिहा

df994ff0-af51-4d68-af3f-1eafc1ebaf59-1024x576.jpg

सिलगढी: भाजपा नेता विकास सरकार जमानतमा रिहा भएका छन्। अदालतले दुईहजार रुपियाँ बन्डमा तिनलाई जमानत दिएको छ। जमानत पाएपछि अदालतबाट बाहिर निस्केपछि तिनलाई माला लगाएर स्वागत जनाइयो। स्मरण रहोस्, हिजो बिहिबार बिहान सिलगढीको २४ नम्बर वार्डमा वार्ड अफिस बनाउने विषयलाई केन्द्र गरेर उत्तेजनाको माहौल देखापर्यो। विकास सरकार विरुद्ध नगरनिगमका चेयरम्यान तथा २४ नम्बर वार्डका काउन्सिलर प्रतुल चक्रवर्तीसित दर्व्यवहार गरेको साथै धक्का समेत दिएको अभियोग उठेको थियो। घटनापछि विकास सरकारलाई पुलिसले पक्राउ गरेको थियो। उक्त घटनाको प्रतिवादमा भाजपाले आवाज उठायो। रातभरि भाजपाका कार्यकर्ताहरूले थाना अघि विक्षोभ प्रदर्शन गर्यो। आज विकास सरकारलाई अदालतमा पेश गरेपछि व्यक्तिगत बन्डमा तिनलाई रिहा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement