दार्जीलिङ नगरपालिकाले शहरबाट दैनिक निस्कने फोहोर-मैला व्यवस्थाको निम्ति कार्य गर्ने

Ritesh-Portel-Chairman-Darjeeling-Municipality

दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले दार्जीलिङ शहरबाट दिनहूँ निस्कने फोहोर-मैला व्यवस्थाको निम्ति कार्य गर्ने भएको छ। सोलिड वेस्ट म्यानेजमेन्टको निम्ति डीपीआर तयार गरिने कार्य भइहेको अनि मैला व्यवस्थापनको काम प्रोजेक्ट अनुरूप गरिने दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेलले बताएका छन्‌। दार्जीलिङमा व्यवस्थित मैला फाल्ने ठाउँ छैन, त्यसैले दशकौंदेखि शहरबाट निस्केको मैला यहाँको मुर्दाहट्टी परिसरमा फाल्ने गरिन्छ तर उक्त क्षेत्रमा पनि गाउँ रहेको र सो गाउँमा मानिसहरू बस्ने भएकाले उक्त ठाउँमा फालिएको मैलाबाट दुर्गन्ध निस्किएपछि क्षेत्रवासीलाई समस्या हुने गर्छ, यस्तै कारण केही अघि दार्जीलिङ नगरपालिकालाई पनि क्षेत्रवासीले उक्त ठाउँमा मैला फाल्न नदिएपछि नगराध्यक्ष स्वयं उक्त ठाउँमा गएर क्षेत्रवासीसित कुराकानी गरेपछि मैला फाल्न दिएको नगरपालिका अध्यक्ष रिर्तेश र्पोतेलले जानकारी दिएका छन्। क्षेत्रवासीसित भएको कुराकानीमा नगरपालिकाले त्यहाँ फालिने मैला व्यवस्थापनको निम्ति के कस्तो पहल साथै कार्य गरिरहेको छ भन्नेबारे पनि जानकारी नगराध्यक्षले दिए। उनले त्यहाँका मानिसहरू दुर्गन्धमा बस्नु परिरहेको छ अनि त्यहाँ घरहरू बनाएका छन्‌,  उनीहरूसित कुराकानी भयो, बातचित शुरू भएको छ र सोलिट वेस्ट म्यानेजमेन्टलाई लिएर राम्रो काम हुँदैछ भनी बताए। चेयरम्यान पोर्तेलले त्यहाँको मैलालाई कसरी अलग अलग छुट्याइने त्यसमाथि पनि् काम गरिनेछ भन्दै मिशन निर्मल बङ्गला स्कीम छ र यसद्वारा धेरै अघिदेखि थुप्रिएका मैलाहरू कसरी हटाउनु भन्ने दिशामा काम गरिनेछ र यसमा मैले स्वयं कलकत्ता गएर हेरेर आएको छु भन्दै नगरपालिकाले शहरबाट निस्कने मैला कसरी व्यवस्थापन गर्ने सोच राखेर काम गरिरहेको छ भन्ने नगराध्यक्ष रिर्तेश पोर्तेलले प्रकाश पारे। यसको निम्ति डीपीआर बनाउने कार्य पनि भइरहेको उनले थप बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement