चट्याङ लागेर महिलाको मृत्यु

44-5-e1645253422113

मिदनापुर: पश्चिम मिदनापुर जिल्लाको गढ़बेटा थाना क्षेत्रमा बस्ने एक महिलाको शुक्रबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ। मृत्यु हुनेको नाम रधुनी मुर्मु (५०) रहेको बताइएको छ। घटनाको जानकारी पाएलगत्तै पुलिस पुगेर शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि पठाएको छ। पुलिस स्रोतबाट प्राप्त जानकारीअनुसार पश्चिम मिदनापुर जिल्लाको गढ़बेटा थाना क्षेत्र अन्तर्गतको अमकोलाको भुला गाउँकी रधुनी मुर्मु शुक्रबार दिउँसो आफ्नो खेतमा काम गर्दै गर्दा अचानक चट्याङ परेको थियो। जसका कारण महिला बेहोस भई भुइँमा लडेकी थिइन्। घटनास्थलमा उपस्थित अन्य व्यक्तिको सहयोगमा तिनलाई तत्कालै उठाएर अस्पताल पुऱ्याए पनि त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। जसको जानकारी पाएलगत्तै पुलिसले गएर शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि पठाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement