अलिपुरद्वारः अलिपुरद्वार जिल्ला अस्पतालमा दीर्घ लामो समयदेखि रोगी परिवारलाई कथित रुपमा धाई मासीहरूले मनमौजी पैसा तोक्ने गरेको मामिला उठ्दै आईरहेको क्रममा वर्तमान अस्पताल सुपर डा. परितोष मण्डल समक्ष यस्तै ज्ञापन रोगी परिवारले दिएपछि तिनले शुक्रबार यसमाथि कारवाई गर्दै अस्पतालमा खटदै आईरहका धाई मासीहरूलाई अस्पातालबाट बाहिर निकाले।
यस प्रसंगमा धाई मासीहरूले यत्रो बर्षदेखि आफूहरू अस्पतालमा यही काम गरेर परिवारको पालन पोषण गर्दै आईरहेको र अहिले आएर सम्पूर्ण धाईहरूलाई यसरी निकाल्न पाइन्दैन भन्दै विरोधिता गरेका छन्।
यता अस्पताल सुपर डा. परितोष मण्डलले अस्पतालमा अवैद्य रुपमा धाई र मासीहरूले आफ्नो मर्जीले रोगी परिवारबाट स्याहार सुसार गरेको पैसा वसुलेको आरोप सुन्दै आइरहेकोले प्रायः ५० भन्दा अधिक धाईहरूलाई बाहिर निकालिएको जनाएका छन्।