सिलगढी: रामनवमीमा भारतभर रंगारंग जुलुस निकालिनेछ। देशैभरि व्यापक रुपमा यसको तयारी भइरहेको छ। राम जन्म उत्सव अर्थात रामनवमी सिलगढीमा पनि धुमधामका साथ मनाइनेछ। नवग्रह मन्दिरका संस्थापक पण्डित ध्रुव उपाध्यायका अनुसार यस वर्ष रामनवमीका दिन देशभरि ठूलो उत्साह र उमंगका साथ शोभायात्रा निकालिनेछ। तिनले भने कि ३० मार्चमा रामनवमीको अवसरमा सिलगढी सहरमा विशाल शोभायात्रा निकालिनेछ, जसमा रामभक्तहरूको भीड जम्मा हुनेछ।