सिलगढी: मतिगढा थाना पुलिसले चोरी भएको स्कुटी सहित एकजना युवकलाई पक्राउ गरेको छ। सो व्यक्तिलाई पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मोहम्मद नजीरको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत ११ फरवरीको राति उत्तरायणबाट एउटा स्कुटी चोरी भएको थियो। यसपछि गत १२ फरवरीमा दशरथ पल्ली निवासी मनीष अग्रवाल नाम गरेका एकजना व्यक्तिले थानामा स्कुटी चोरी भएकोबारे अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका मतिगढा थाना पुलिसले गोप्य सूचनाको आधारमा गत राति परिवहन नगरमा अभियान चलाउँदा मोहम्मद नजीर नाम गरेको एकजना युवक स्कुटीमा घुमिरहेको देखे। यसपछि पुलिसले तिनलाई रोकेर सोधखोज गर्दा सन्देह लागेपछि स्कुटीको कागजपत्र मागे। मोहम्मदले स्कुटीको कागजपत्र देखाउन नसकेपछि पुलिसले स्कुटी सहित तिनलाई पक्राउ गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।