खरसाङ: रोहिणी चिसो पानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा लङ्भ्यू-पंखबारी-अम्बटे समष्टिकी प्रार्थी कल्पना प्रधानलाई स्वागत गरियो। समष्टिकी प्रार्थी कल्पना प्रधानले रोहिणी क्षेत्र अन्तगर्त अप्पर, मिडल र लोवर चिसो पानीको भ्रमण गरिन्। उनको भ्रमण अवधि आफ्नो समर्थकहरूसँग भलाकुसारी गरिन् साथै आउँदो २६ जूनमा सम्पन्न हुन गइरहेको चुनावमा जोड़ा मोमबत्तीमा मतदान गरिदिने अपील पनि गरिन्। सम्बोधनको क्रममा उनले रोहिणी क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गराउन उनको थुप्रै परिकल्पना रहेको पनि बताइन् साथै यस क्षेत्रमा एउटा सरकारी मान्यताप्राप्त उच्चतर माध्यमिक विद्यालय बनाउने सोच रहेको पनि बताइन्। चुनाव सभामा केन्द्रीय समिति सदस्य सन्तोष लामा, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, महुकमा समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, समष्टि सदस्य कल्यान लामा, दीपेन तामाङ, अभिभावक फ्रोरमका ससल्लाहकार सुबोध लामा, साजन लकान्दी, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, रोहिणीका संयोजक मिलन रसाइली, प्रदीप प्रधान, आदिको विशेष उपस्थिति थियो।