यूरो कप क्वालीफायरः क्रिस्टियानो रोनाल्डो र ह्यारी केनको रेकर्ड

IMG-20230324-WA0328.jpg

२४ मार्चः दिग्गज फूटबलर क्रिस्टियानो रोनाल्डो र ह्यारी केनले २०२४-मा हुने यूरोपेली कप (यूरो कप) च्याम्पियनशीपको क्वालीफाइंग म्याचमा बिहीवार राति नयाँ रेकर्ड बनाउँदै आ-आफ्नो टीमलाई जीत दिलाए। पोर्तुगलका स्टार स्ट्राईकर रोनाल्डो अगावै पुरुष फूटबलमा अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक गोल गर्ने खेलाड़ी बनिसकेका छन् अनि यसपाली उनको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्ने नयाँ रेकर्ड पनि सामेल भयो। रोनाल्डोले यो रेकर्ड लिचेन्स्टीन विरुद्ध पोर्तुगलको ४-०-ले जीतको अवधि बनाए। यो उनको १९७औं अन्तर्राष्ट्रिय म्याच थियो। यसअघि रोनाल्डो र कुवैतका बादेर अल मुतावाको नाममा सर्वाधिक १९६ वटा अन्तर्राष्ट्रिय म्याच रहेको थियो। लिचेन्स्टीन विरुद्ध पोर्तुगलको जीतमा रोनाल्डोले ५१औं (पेनल्टी) र ६३औं मिनटमा २ गोल गरे। यसको साथै अन्तर्राष्ट्रिय फूटबलमा उनको गोल संख्या १२० पुग्यो। पोर्तुगलबाट अन्य दुईवटा गोल जोआओ कान्सेलो (आठौं मिनट) र बर्नार्डो सिल्वा (४७औं मिनट)-ले गरे।

यसबीच ह्यारी केन ईंग्ल्याण्डको तर्फबाट सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले ईंग्ल्याण्डको इटली विरुद्ध २-१-ले जीतको अवधि पहिलो हाफमा पेनल्टीबाट गोल गरे। यो उनको अन्तर्राष्ट्रिय स्तरमा ५४औं गोल हो। यसरी उनले पूर्व दिग्गज फूटबलर वेयन रुनीको ईंग्ल्याण्डको तर्फबाट सर्वाधिक गोलको रेकर्ड तोड़े। यूरो कप २०२४-को आयोजन जर्मनीमा हुनेछ, जसको क्वालीफाइंग म्याचको शुरुवात विश्व कप समाप्त भएको तीन महिनापछि शुरु भएको छ। बिहीवार राति खेलिएको अन्य म्याचहरूमा डेनमार्कले फिनल्याण्डलाई ३-१-ले, उत्तरी आयरल्याण्डले सान मारिनोलाई २-०-ले, उत्तर मेसिडोनियाले माल्टालाई २-१-ले अनि स्लोवेनियाले कजाखस्तानलाई २-१-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *