सुदन गुरूङको पक्षमा खडा भए हाम्रो पार्टी

IMG-20230324-WA0332.jpg

शिक्षित बेरोजगार युवा युवतीहरूलाई न्याय दिलाउन पूर्ण सहयोग गर्नेछु: अजय एडवर्ड

दार्जीलिङ: सुदन गुरूङको पक्षमा उभिएको छ हाम्रो पार्टी। दार्जीलिङ पहाडको स्कूलहरूमा अवैध रूपमा शिक्षक एंव शिक्षिकाहरूको नियुक्ति भएको जानकारी गराउँदै गोर्खा बेरोजगार प्राथमिक शिक्षक संगठनको अध्यक्ष सुदन गुरूङले राज्यको उच्च न्यायलयमा मामला दर्ता गरेका छन्। हिज अस्तीको दिन मात्र ती मामलाहरूमाथि उच्च न्यायलयमा एउटा सुनाई भईसकेको छ। समाज सेवी सुदन गुरूङले पहाडको प्राइमेरी स्कूलहरूदेखि लिएर उच्चत्तर माध्यमिक विद्यालयहरूमा पनि अवैध शिक्षक एंव शिक्षिकाहरूको नियुक्ति भएको जनाउँदै मामला दर्ता गरेको छ।अध्यक्ष सुदन गुरूङको कानूनी लडाईमा हाम्रो पार्टी खडा हुने अध्यक्ष अजय एडवर्डले जनाएका छन। शहरको नेहरू रोडस्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि वासस्थामा आज गोर्खा बेरोजगार प्राथमिक शिक्षक संगठनको अध्यक्ष सुदन गुरूङले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डसँग भेटवार्ता गरेका थिए। यस अवधि पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया पनि विशेष रूपमा उपस्थित रहेका थिए। बातचीतको क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले समाज सेवी सुदन गुरूङलाई शिक्षित बेरोजगार युवा युवतीहरूलाई न्याय दिलाउने तपाईको संघर्षमा हाम्रो पार्टीले तपाईलाई पूर्ण सहयोग गर्ने छ भन्ने वाचा गरेका छन्। पहाडको शिक्षित बेरोजगार युवा युवतीहरूलाई न्याय दिलाउन उच्च न्यायलय साथै अन्य न्यायलयहरूमा पनि पूर्ण सहयोग गर्नेछु भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डले गुरूङलाई वचन दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *