खरसाङमा भुस्यासा कुकुरहरूका भयले विद्यार्थीहरूका अभिभावकवर्गद्वारा नगरपालिकालाई ज्ञापन

IMG-20230324-WA0325.jpg

खरसाङ: खरसाङ शहरमा दिन प्रतिदिन भ्युस्याहा कुकुरहरूको संख्यामा वृद्धि भइरहेछ जसलाई लिएर मानिसहरूले चिन्ता व्यक्त गरिरहेका छन्। विशेष गरी प्रत्येक दिन शहर पढ़न आउने विद्यार्थीहरू अनि वृद्ध-वृद्धाहरूलाई लिएर चिन्तित छन् उनीहरू। यसै विषयलाई लिएर आज विद्यार्थीहरूका अभिभावकहरूको एउटा टोलीले खरसाङ नगरपालिकालाई एउटा ज्ञापन चढ़ायो। यहाँको नयाँ बजारमा अवस्थित विभिन्न निजी तथा सरकारी स्कूल पढ्ने विद्यार्थीहरूका अभिभावकहरूले यस क्षेत्रमा भुस्याहा कुकुरहरू रहेको औ ती कुकुरहरूबाट उनीहरूका नानीहरू असुरक्षित रहेको बताएका छन्। यहाँको एउटा निजी स्कूलका अभिभावकहरूको एउता टोलीले आज खरसाङ नगरपालिका कार्यालयमा गएर नगर अध्यक्ष अनि उपाध्यक्षलाई ज्ञापन दिए। ज्ञापनमा उनीहरूले यस क्षेत्रमा धेरै भुस्याहा कुकुरहरू रहेको अवगत गराउँदै कतिपय नानीहरूलाई ती कुकुरहरूले टोकेर घाइते समेत बनाएको उल्लेख गर्दै अतिशीघ्र यसको रोकथाम गर्न पहल गरिदिने आग्रह गरेका छन्। यसबारे जानकारी गराउँदै खरसाङ नगरपालिला उपाध्यक्ष सुवास प्रधानले आज नयाँ बजारस्थित विभिन्न पाठशालाका अभिभावकहरूले खरसाङ नगरपालिकामा आएर त्यस क्षेत्रमा धेरै भुस्याहा कुकुरहरू भएको अवगत गराउँदै जसको कारणले गर्दा तिनीहरूको नानीहरूलाई धेरै असुवधा भएको तथा एउटा भयको सृजना भएको जनाउँदै एउटा ज्ञपन दिएको बताएका छन्। प्रधानले वर्तमान नगरपालिकाको एडमिनिष्ट्रेशन बोर्डको एउटा सभा बसेर यहाँका केही गैर सरकारी सस्थाहरूसँग सल्लाह बसेर यसको निम्ति पहल गरिने बताए। नानीहरूको सुरक्षा हेतु नगरपालिका कटिबद्ध रहेको जनाउँदै कसैलाई पनि भयभीत नभइदिने आग्रह पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement