मिरिक: आज विश्व क्षय रोग दिवस मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमानको अस्पतालमा पालन गरियो। यस अवसरमा थर्बु चियाकमानका डा. अरूप कुमार दास लगायत अस्पतालका नर्स, आशाकर्मी आदि उपस्थित थिए। यस अवसरमा डा. अरूप कुमार दासले क्षय रोगबारे विस्तृत जानकारी गराउँदै क्षय रोगको लक्षण, उपचार, सरकारी सहुलियत आदिबारे विस्तृत जानकारी गराए। तिनले भारतमा आगामी २०२५ सम्म क्षय रोगलाई निमिट्यान्न पार्ने उद्देश्य लिएर सरकारले कार्य गरिरहेको अवगत गराउँदै यसलाई सफल बनाउन आम नागरिकको पनि ठूलो दायित्व रहेको बताए। यसैगरी, यस वर्षको विश्व क्षय रोग दिवसको थिम “हामी गर्न सक्छौ” भन्ने रहेको तिनले बताए।