वरिष्ठ संगीतकार गणेशकुमार घिसिङको निधन

IMG-20230324-WA0271.jpg

सोनादा: वरिष्ठ संगीतकार , शब्दकार गणेशकुमार घिसिङको निधन भएको छ। सोनादाको अप्पर जोनसनहट्टा निवासी वरिष्ठ संगीतकार गणेशकुमार घिसिङको आज बिहान २ बजे आफ्नो निवासस्थानमा निधन भएको छ। उनले आफुपछि तीन छोराहरू, बुहारीहरू र नाता नातिनीहरू छोडी गएका छन्। उनी ६१ वर्षका थिए। उनको जन्म २२ अक्टोबर सन् १९६२ सालमा भएको थियो। गणेशकुमार घिसिङको शब्द र संगीतमा रहेको सांगीतिक एल्बम ‘यात्रा’ मा रहेको गीत ‘मेरो दिलभरि कति कति’ भन्ने गीतले नेपालमा अवार्ड पनि प्राप्त गरेका थिए। गोर्खाल्याण्डको आन्दोलनको समय शहीदप्रति समर्पित गीत पनि प्रकाशित गरेका थिए। संगीतकार गणेशकुमार घिसिङले सूचना अनि सांस्कृतिक विभागमा २० वर्ष कार्य गरेपछि गत वर्ष २०२२ मा अवकाशप्राप्त भएका थिए। वरिष्ठ संगीतकार गणेशकुमार घिसिङले आधुनिक गीत संगीत, लोक संगीत विधा, लोक संस्कृति र लोक गायनको प्रचार प्रसार र संरक्षणमा मुख्य भूमिका निर्वाह गरेका थिए। उनले ८६ को गोर्खाल्याण्ड आन्दोलनमा आफ्नै शब्द संगीतमा रहेको सांगीतिक एल्बम ‘आह्वान्’ पनि प्रकाशित गरेका थिए। उनले अमरज्योति संघमा रहेर धेरै लोक गीत र लोक नृत्यहरू गर्नमा सहयोग पनि गरेका थिए। यसको साथै आकाशवाणी खरसाङमा पनि उनले धेरै गीतहरू रेकर्ड गराएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *