भारत सेवाश्रम संघको आश्रममा रामनवमी र वसन्त पूजाको तयारी

d7bac8b1-6758-4dca-ab8c-c6a3694f2fab

मालदा: रामनवमीको अवसरमा पुरानो मालदा ब्लकको साहापुर क्षेत्रमा रहेको भारत सेवाश्रम संघको आश्रममा भब्य तयारी भइरहेको छ । यस वर्ष यस आश्रमको ५६औँ रामनवमी पर्व हुन लागेको छ । भारत सेवाश्रम संघको मन्दिर परिसरमा ३० तारिख बिहीबार माता दुर्गाको पूजा आराधना गरिने भएको छ। यसका लागि तयारी सुरु भएको छ । तर २८ मार्चदेखि आश्रममा बसन्ती पूजाको आयोजना गरिने भएको छ । मुख्य पूजा ३० मार्च, रामनवमीको दिन हो। सो दिन भव्य यज्ञ हुने र भक्तजनलाई खिचडीको प्रसाद वितरण गर्ने व्यवस्था मिलाइएको छ । यस पूजाका लागि भारत सेवाश्रम संघको मन्दिरमा हजारौं भक्तजन आउने सम्भावनालाई ध्यानमा राखेर तयारी भइरहेको छ । रामनवमी पर्वलाई लिएर आश्रम परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यससँगै माता दुर्गाको रुपमा पुज्ने बसन्तीको मूर्ति बनाउने काम पनि भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *