बीएसएफले भारत-बंगलादेश सीमा क्षेत्रमा खानेपानीको समस्या समाधान

6b2cb967-6744-4e11-aa29-066b9e55bed8

जलपाइगढी: भारत-बंगलादेश सीमाको समिलाबास क्षेत्रमा बीएसएफद्वारा आम जनताको पानी सङ्कटलाई सम्बोधन गर्न पानीको ट्याङ्कीको शुभ उद्घाटन गरियो। बीएसएफले भारत–बंगलादेश सीमामा पर्ने समिलाबास क्षेत्रका जनताको लामो समयदेखिको खानेपानीको समस्या समाधान गरेको छ । कुचबिहार जिल्लाको होल्दिबारी ब्लकको हेमकुमारी ग्राम पञ्चायत अन्तर्गत समिलाबास क्षेत्रमा आम जनताको पानी सङ्कटलाई ध्यानमा राख्दै बीएसएफले उक्त क्षेत्रमा पानीको ट्याङ्की जडान गरेको छ। शुक्रबार, बीएसएफको १५ औँ बटालियनको बीओपीका डिप्टी इन्स्पेक्टर जनरल निर्मल सिंह उजाला, सिलगढी सेक्टरका डिप्टी इन्स्पेक्टर जनरलले रिबन काटेर उद्घाटन गरे। कार्यक्रममा कमाण्डेन्ट अरुणकुमार सिंह लगायतको उपस्थिति रहेको थियो । यो उल्लेखनीय छ कि नागरिक कार्य कार्यक्रम अन्तर्गत, बीएसएफले आम जनतासँग सुमधुर सम्बन्ध कायम गर्न विभिन्न कार्यक्रमहरू आयोजना गर्दछ। यस बीओपीमा यसअघि बीएसएफले ड्राइभिङ तालिम र लर्नर लाइसेन्स उपलब्ध गराएको थियो

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *