शिक्षाको अग्रगामी मार्गमा मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालय (फोटो फिचर)

मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालय

खरसाङ महकुमाअन्तर्गत सिटोङ-२ को लोवर मामरिङमा शिक्षित अनि सशक्त समाज निर्माणको लागि शिक्षालाई प्रमुखता दिँदै सन् १९८३ मा गाउँवासीको प्रयासमा सानो विद्यालय स्थापित गरिएको थियोl विद्यालयका शिक्षकहरू साथै सबैका इच्छाशक्तिका कारण  आज त्यो सानो विद्यालय मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालयको रुपमा विशाल भवनमा परिणत भएको छl विद्यालयको परिसरमा पाइला टेक्ने साथ हिमालय पर्वतको मोडल र यसको अघिल्तिर फहरिएका राष्ट्रिय झण्डाले सबैलाई आकर्षित पार्दछl विद्यालयको सरसफाईले कुनै निजी विद्यालयमा प्रवेश गरेको महसुस हुन्छl १० मार्च २०१९ मा तत्कालिन जीटीए (बीओए) का उपाध्यक्ष अनित थापाले विद्यालयको नयाँ भवन उद्घाटन गरेका हुन्l  समाजमा शिक्षाको ज्योति छर्दै मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालय अग्रगामी मार्गमा अघि बढिरहेको छl

मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालयको परिसर
मामरिङ तोरयोक उच्चतर माध्यमिक विद्यालय परिसरमा सबैलाई आकर्षित पार्ने हिमालय पर्वतको मोडल
जनचेतनामूलक कार्यक्रमको अवधिमा विद्यालयका शिक्षकहरू क साथ दिशा सामाजिक केन्द्रकी सचिव सिस्टर रंजिनी, दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रका टीम मेम्बरहरूका साथमा
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विद्यालयका साना साना विद्यार्थीहरू नृत्य प्रदर्शन गर्दैl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement