महिला एथलेटिक्समा ट्रान्सजेण्डर महिलाहरूमाथि प्रतिबन्ध

IMG-20230324-WA0105.jpg

२४ मार्चः ट्रान्सजेण्डर महिलाहरूले महिला ट्र्याक एण्ड फील्ड इभेण्ट्समा हिस्सा लिने विषयमा ठूलो फसेला भएको छ। वर्ल्ड एथलेटिक्सका अध्यक्ष सेबेस्टियन कोएले एउटा बयान जारी गर्दै महिलाहरूका इभेण्ट्समा ट्रान्सजेण्डर एथलीटले हिस्सा लिन नसक्ने बताएका छन्। अब ३१ मार्चदेखि महिला विश्व ऱ्यांकिंग प्रतियोगिताहरूमा कुनै पनि ट्रान्सजेण्डर एथलीटलाई हिस्सा लिने अनुमति रहनेछैन। यसरी टुर्नामेण्टमा हिस्सा लिने कुरालाई लिएर टेस्टोस्टेरोनको आधार पनि समाप्त भयो। ग्लोबल ट्र्याक एण्ड फील्ड फेडरेशनको बैठकपछि कोएले विश्व एथलेटिक्सले ट्रान्सजेण्डर एथलीटहरूका मुद्दामा ४० वटा राष्ट्रिय महासंघ, अन्तर्राष्ट्रिय ओलम्पिक समिति र ट्रान्स समूहहरू सहित हितधारकहरूसँग परामर्श गरेको बताए। उनले भने, बैठकमा अधिकांशले नै ट्रान्सजेण्डर एथलीटहरूले महिला वर्गमा प्रतिस्पर्धा गर्न नहुने बताए। एक लाइनमा भन्नु पर्दा महिला ट्रान्सजेण्डरहरू, जो पहिलो पुरुष थिए, लाई महिला एथलीटहरूभन्दा शारीरिक रूपले मजबूत मानिन्छ।
कोएले बताएअनुसार, वैज्ञानिक विकासमाथि नजर राख्नको निम्ति एकजना ट्रान्सजेण्डर व्यक्तिको अध्यक्षतामा एउटा कार्य समूह बनाइनेछ। उनले भने, यो नियम सदाको निम्ति रहनेछ भन्ने पनि होइन। हामी यसमा शारीरिक प्रदर्शन र पुरुष लाभलाई लिएर आउँदो सालहरूमा वैज्ञानिक आधारमा फसेला गर्न सक्छौं। ट्रान्सजेण्डरहरूलाई शारीरिक रूपले फाइदा प्राप्त नहुने सबूत प्राप्त हुनको साथै हामी आफ्नो स्थितिको समीक्षा गर्नेछौं। एथलेटिक्समा महिला वर्गको अखण्डता सर्वोपरि हो भन्ने हाम्रो सोच रहेको छ। उल्लेखनीय छ, यसअघिको नियमहरू अनुसार विश्व एथलेटिक्समा ट्रान्सजेण्डर महिलाहरूले आफ्नो रक्त टेस्टोस्टेरोनको मात्रालाई अधिकतम् ५ एनएमओएल/एल सम्म कम्ती गर्ने अनि महिला वर्गमा प्रतिस्पर्धा गर्न अघि १२ महिलाको अवधिको निम्ति लगातार यस सीमाअन्तर्गत रहने आवश्यकता थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *