बाजेको हत्याको आरोपमा युवक पक्राउ

IMG-20230324-WA0001.jpg

गान्तोक: पूर्व सिक्किमको बेयोङ खामदोङमा आफ्नै बाजेको हत्याको आरोपमा पुलिसले अरुण मगर नाम गरेका एकजना १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। घट्ना हिजो बिहानको हो। आरोपी युवकमाथि ८० वर्षीय बाजे राई बहादुर मगरलाई धारिलो हतियार (बाम्फोक) ले शिरमा प्रहार गरेर हत्या गरेको आरोप छ। प्राप्त जानकारीअनुसार आरोपीका एकजना छिमेकीले सिङ्गताम पुलिसलाई फोन गरेर हातमा खुनसरीको हतियार बोकेर आरोपी युवक यताउता हिँड़ीरहेको जानकारी गराएका थिए। पछि पुलिस घट्नास्थलमा पुग्दा राई बहादुर मगरको मृत शरीर फेला पारेको थियो जसको शिरमा अनेकौंपल्ट धारिलो हतियारले प्रहार गरेको थियो।

पुलिसले आरोपी युवकलाई हत्यायको आरोपमा पक्राउ गरेको छ भने हाल उनको एसटीएनएम अस्पतालमा उपचार चलिरहेको जान्नमा आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *