राजधानीमा पालन गरियो विश्व मौसम विज्ञान दिवस

IMG-20230323-WA0263.jpg

गान्तोक: मौसम विभाग गान्तोकले आज विश्व मौसम विज्ञान दिवस कार्यक्रम पालन गऱ्यो। राजभवनस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मौसम समवन्धि जानकारी गराउनको साथै जलवायु परिवर्तन कसरी हुन्छ भन्नेबारेमा अवगत गराइयो। विशेष गरेर विद्यार्थीहरूलाई व्यवहारिकरूपमा मौसम सम्वन्धि जागरूक गराउने उद्देश्यले विभागमा आमन्त्रित गरिएको विभागका अधिकारी सञ्जय भौवालले जानकारी गराए। उनले बताए अनुसार प्रत्येक वर्षको २३ मार्चमा विश्व मौसम दिवस पालन गर्दै आइरहेको छ भने वर्ष १९५० मा विश्व मौसम विज्ञान दिवसको स्थापना गरिएको हो। यस विभागले संयुक्त राष्ट्रको एक विशेष एजेन्सीकोरूपमा र अन्तराष्ट्रीय सहयोग र समन्वयको पृथ्बीको वायुमण्डलको अवस्थार व्यवहारको लागि समर्पित भएर देशका काम गर्दै आइरहेको उनले थप बताए। यस वर्ष विश्व मौसम विज्ञान दिवसको थिम “मौसम जलवायु र पानीको भविष्य पुस्ता भरमा” रहेको छ। वैज्ञानिक र प्राविधिक प्रगतिले मौसम पुर्वानुमान र जीवन बचाउने प्रारम्भिक चेताउनी दिएर धेरै सुधारका कार्यहरू गरिरहेको उनले जानकारी गराए। मौसम विभागको आंकडाले पहिला भन्दा व्यापक समुदायबीच स्वतन्त्र रहेको एक आपसमा सूचना आदान प्रदान गर्दै आइरहेको जनाए। विभागले विश्वव्यापी मौसम विज्ञान संगठनद्वारा संकलित आंकाडाहरू प्रदान गरेर मौसमको पूर्वानुमान लगाउन सजिलो र सम्भव बनाएको बताए। यस अवसरमा एसिस्टेन्ट साइन्टिफिक अधिकारी प्रितम चक्रवती, आरती गुप्त, अभिषेक पटेल लगायत अन्यहरूले पनि विद्यार्थीहरूलाई विश्व मौसम विज्ञान दिवसबारे जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *