मधेवेरेको ह्याट्रिकः जिम्बाब्वेको १ रनले रोमाञ्चक जीत

photocollage_2023323224755531.jpg

२३ मार्चः अफ् स्पिनर वेस्ली मधेवेरेले बिहीवार नीदरल्याण्ड्स विरुद्ध दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा ह्याट्रिक दर्ता गरे। यसको साथै उनी वनडे क्रिकेटमा ह्याट्रिक गर्ने जिम्बाब्वेका तेस्रो बलर बने। बाईस वर्षीय मधेवेरेको असाधारण अलराउण्ड प्रदर्शनको दममा जिम्बाब्वेले नीदरल्याण्ड्सलाई १ रनले पराजित गरी तीनवटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिंग गर्दै जिम्बाब्वे ४९.२ ओभरमा २७१ रन बनाएर अलआउट भयो। सीन विलियम्सले सर्वाधिक ७७ रन (७३ बल, ११ वटा चौका) बनाए। यसबाहेक क्लिव मडाण्डेले ५२ र मधेवेरेले ४३ रनको योगदान दिए। नीदरल्याण्ड्सका बलरहरूमा शारिज अहमदले ५ विकेट लिए। जवाफमा नीदरल्याण्ड्सको टीम ५० ओभरमा २७० रन बनाएर अलआउट भयो। म्याक्स ओडोड (८१ रन) र टम कूपर (७४ रन)-को अर्द्धशतकीय ईनिंग्सको दममा नीदरल्याण्ड्सको टीम एक समय १६६ रनमा केवल १ विकेट गुमाएर असल स्थितिमा रहेको थियो तर कूपर आउट भएपछि जिम्बाब्वेले म्याचमा पुनरागमन गऱ्यो। पछिबाट मधेवेरेले ४४औं ओभरको पहिलो तीन बलमा कलिन एकरम्यान (२८), तेजा निदामनुरु (०) र पल भ्यान मीकीरन (०)-लाई आउट गरी डच टीमको हार सुनिश्चित गरे। मधेवेरेले ९ ओभरमा ३६ रन खर्च गरी ३ विकेट लिए। ब्याट र बलको साथ असाधारण प्रदर्शनको निम्ति उनलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *