खरसाङको बाघगौरामा बिनोद तामाङको घर आगलागीमा नष्ट

IMG-20230323-WA0249.jpg

सभासद नुरी शेर्पाद्वारा निरीक्षण गर्दै राहत सामाग्रीहरू प्रदान

खरसाङ: खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिको बाघगौरामा आगलागीमा एक घर जलेर खरानी भएको छ। बिहान ९.३० र १० बजेको समयमा अचानक सट सर्किटको कारणले बागौराको एम-१ निवासी बिनोद तामाङको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। उक्त आगलागीको घटनामा घर जलेको देखाएर स्थानीयहरू आएर आगो निभाउने प्रयास गरेता पनि आगोले बिनोद तामाङको घर जलेर स्वाहा भएको छ। उक्त आगलागीको कारणले बिनोद तामाङको घरमा रहेको फर्निचरहरू, बेड, टिभी लगायत सम्पूर्ण सर सामानहरू जलेर नष्ट भएको छ। उक्त आगलागीको घटना भएपछि एयर फोर्स स्टेशन बाघगौराबाट आएर निभाउने प्रयास गरिएको र आगोलाई नियन्त्रणमा ल्याए पनि घर जलेर नष्ट भएको बताइएको छ। बाघगौरामा घर जलेर नष्ट भएको बिनोद तामाङको घर टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा निरीक्षणमा पुगेका थिए। उनले अग्निपिढीत बिनोद तामाङको परिवारलाई आर्थिक सहयोगसितै खाने कुराहरू र ओढ्ने लुगाहरू लगायत अन्य सामानहरू प्रदान गरेको जानकारी प्राप्त भएको छ। सभासद नुरी शेर्पासितै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्त मेरिज समष्टिको सचिव ललित मुखिया, युवा शक्ति टुंग सन्त मेरिज समष्टिको सभापति युर्गेन घिसिङ, सचिव दिपेस तामाङ बाघगौरा पुगेर अग्निपिढीत बिनोद तामाङको परिवारसित भेटघाट गर्दै सहयोग पनि गरेका छन्। आगलागीमा बिनोद तामाङको घर जलेर नष्ट भएको विषयमा बोल्दै स्थानीय सरोज थापाले बाघगौरामा बिजुली बत्तीको लाइन एकापट्टि केही डिस्टर्ब थियो र यसको जानकारी पहिलेबाटै विद्युत विभागलाई दिइएको बताएका छन्। उनले आज बिहान ९.३० बजेतिर सट सर्किटको कारणले बिनोद तामाङको घर जलेको अनि कतिवटा घरको टाटा स्काई पनि बिग्रेको बताए।

थापाले आगलागीमा बिनोद तामाङको घर स्वाहा भएको साथै घरभित्र रहेको फर्निचरहरू, टिभी, बेड लगायत सबै सर सामानहरू नष्ट भएको जानकारी गराएका छन्। उनले आजको घटना विषयमा पुलिस थानामा जानकारी दिएको साथै विद्युत विभागमा जानकारी गराएको बताए। अग्निपिढीत बिनोद तामाङको परिवारलाई भेट्न टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा साथै भागोप्रमो टोली आएर खाने कुराहरू र राहत सामाग्रीहरू प्रदान गरेको जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *