खरसाङ महाविद्यालयमा विश्व जल दिवस पालन

photocollage_2023323194614787.jpg

खरसाङ: खरसाङ महाविद्यालयमा विश्व जल दिवस पालन गरिएको छ। खरसाङ महाविद्यालयमा नेचर क्लबको आयोजनामा विश्व जल दिवस कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यस वर्ष २०२३ को विश्व जल दिवसको उद्देश्य पानी अनि स्वच्छताको संकटलाई हटाउन तीव्र रूपमा परिवर्तन जरूरी रहेको छ। यसै थिमलाई लिएर खरसाङ महाविद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरू र महाविद्यालयमा पानीको संकट विषयमा सचेत गराउनु रहेको थियो ताकि विश्वमा पानीको संकट र खरसाङ क्षेत्रमा पनि पानीको संकट विषयमा सचेत गराउनु रहेको थियो। कार्यक्रमलाई क्लबको साशंक दुदानीले सञ्चालन गरेका थिए। क्लबको उप सभापति बिनेस लिम्बुको स्वागत सम्भाषणसितै कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा खरसाङ महाविद्यालयको प्राचार्य डा समीर बलले सुरुको सम्भाषण राखेका थिए भने विद्यार्थीहरूले पानी विषयमा डेमोस्ट्रेशन देखाएका थिए। यसमा आयुषी रावत, रोशनी सार्की, योगिता तामाङ, नेहा ठकुरीद्वारा पानीको विभिन्न विषयहरूमा प्रेजेनटेशन प्रस्तुत गरेका थिए। कार्यक्रममा रेन वाटर हारभेस्टिङ विषयमा सिद्दी पटवारीले जानकारी गराएका थिए भने विद्यार्थीहरूले सचेतना नाटकद्वारा पानीको संकट विषयमा सुन्दर सचेतना प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन नेचर क्लबको संयोजक विश्वदीप बम्जनले राखेका थिए। खरसाङ महाविद्यालयमा रहेको नेचर क्लबको सभापति केवल सेञ्चुरी, उप सभापति बिनेस लिम्बु, महासचिव सिद्दी पटवारी, कोषाध्यक्षा आयुसी रावत, प्रचार प्रसार सचिव नेहा ठाकुर र सशांक दुदानी अादि रहेका छन् भनी खरसाङ महाविद्यालयको प्राध्यापक सपन प्रधानले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *