इस्लामपुर नगरपालिकाको तृणमूल कङ्ग्रेस बोर्डको वार्षिकोत्सवमा आयोजित कार्यक्रम

90084e12-1ff9-4c55-a16d-74a3124f6f33

उत्तर दिनाजपुरः इस्लामपुर नगरपालिकाको वर्तमान तृणमूल कङ्ग्रेस बोर्डको एक वर्ष पूरा भएको अवसरमा बिहीबार इस्लामपुर नगरपालिकाको सभागारमा एक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रम मार्फत नगरपालिकाका अध्यक्ष कन्हैयालाल अग्रवाल लगायतका पार्षदहरूले विभिन्न कारणले आवाज योजनामा घर निर्माणको रकम नपाउने २६ उपभोक्ताहरूलाई पहिलो किस्ताको रकम प्राप्त गर्न पत्र हस्तान्तरण गरेका थिए। नगरपालिका स्रोतका अनुसार कूल ५१ उपभोक्ताले पहिलो किस्ता प्राप्त गरिरहेका छन्। कार्यक्रममा जम्मा २६ जना सहभागी भएकाले आज उनीहरूलाई पत्र हस्तान्तरण गरिएको हो। साथै तिनले आगामी दिनमा सहरको सौन्दर्यीकरणका लागि धेरै योजनाहरूबारे जानकारी गराए। यस दिन कन्हैयालाल अग्रवालले सबैको सहयोग आवश्यक रहेको बताए। इस्लामपुर शहरको विकासका लागि हामी सबै मिलेर यस सहरलाई सुन्दर बनाउनेछौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement