सिटु समर्थित ई–रिक्सा चालक युनियनले विभाग प्रमुखलाई मागपत्र

84407b7b-6f5d-408e-a395-2f5e0e8d2a9f

सिलगढी: सिलगढी सहरको साँघुरो सडकमा सवारीसाधनको चाप दिनप्रतिदिन बढ्दै गएको छ। यसैलाई मध्यनजर गर्दै नगरपालिकाले पटक पटक कारबाही गर्ने गरेको छ। दुर्घटना न्युनीकरण र मुख्य सडकमा सवारी साधनको आवागमन नियन्त्रण गर्न नगरपालिकाले टोटो सवारी साधनलाई टिन नम्बर दिएको छ। तर, ठूलो संख्यामा टोटो गाडीले टीआईएन नम्बर पाएका छैनन्। यी सवारीसाधनलाई मुख्य सडकमा गुड्न निषेध गरिएको छ। मुख्य सडकमा टीआईएन नम्बर नभएको कुनै पनि टोटो गाडीलाई भारी जरिवाना गरिन्छ। यस बाहेक उनीहरूलाई प्रहरीले विभिन्न किसिमले दुव्र्यवहार गरेको छ। सीटु समर्थित ई–रिक्सा चालक युनियनले यस्तो आरोप लगाएको हो। दैनिक इ–रिक्सा वा टोटो चालकलाई प्रहरीले दुव्र्यवहार रोक्न, नयाँ कागजातको नाममा हुने यातना रोक्न, वैध कागजातको मागलगायतका विभिन्न मागमा बिहीबार आन्दोलन गरेको संगठनका तर्फबाट उदयन दासगुप्ताले बताए। संगठनका सदस्यहरूले सिलगढी डिभिजनल मजिस्ट्रेटको कार्यालय अगाडि विरोध प्रदर्शन गरेपछि सिलगढी डिभिजनल मजिस्ट्रेटलाई ज्ञापनपत्र बुझाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement