आकाशवाणी खरसाङ देशमा नेपाली भाषा प्रसारणका लागि कन्टेन्ट जेनेरेशन अनि प्रसारणको प्रमुख केन्द्र बनिनेछ: सासंद राजु विष्ट

IMG-20230323-WA0219.jpg

दार्जिलिङ: अल इण्डिया रेडियोमा नेपाली भाषा प्रसारणलाई सुदृढ़ बनाउनका लागि ठोस पाइलाहरू चालेको भन्दै दार्जिलिङका भाजपा सांसद एंव भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदी अनि सूचना एवं प्रसारण मन्त्री अनुराग ठाकुरप्रति आभार व्यक्त गरेका छन्। सांसद राजु विष्टले प्रेस विज्ञप्ति जारी गर्दै बताए अनुसार दार्जीलिङबाट सांसदको रूपमा निर्वाचित भएदेखि नै अाफुले नेपाली भाषामा अल इन्डिया रेडियोका प्रसारणलाई सुदृढ बनाउनका लागि लगनका साथ काम गर्दै आएको अनि आकाशवाणी खरसाङलाई नेपाली भाषामा कार्यक्रम निर्माण तथा प्रसारणको मूल केन्द्रमा परिवर्तित गर्न सरकारलाई अनुरोध गर्दै आएको बताएका छन्। उनले प्रसार भारतीले आकाशवाणी खरसाङलाई देशमा नेपाली भाषा प्रसारणका लागि कन्टेन्ट जेनेरेशन अनि प्रसारणको प्रमुख केन्द्रको रूपमा समुन्नत गर्ने आदेश दिएको खबर साझा गर्न पाउँदा धेरै प्रसन्नता अनुभव भइरहेको पनि बताएका छन्।
सांसद राजु विष्टले विज्ञप्तिमा भने, ‘पहिलो अप्रेल २०२३ देखि अल इण्डिया रेडियोको विदेश प्रसारण प्रभाग अन्तर्गत प्रसारण भइरहेको नेपाली भाषाका कार्यक्रम अनि समाचार बुलेटिनहरूको अन्तर्राष्ट्रिय प्रसारण समेत आकाशवाणीका नेपाली भाषा कार्यक्रमहरूको निर्माण र प्रसारण आकाशवाणी खरसाङबाट प्रसारण गरिने छन्। खरसाङ भारतमा नेपाली भाषामा रेडियो कार्यक्रम प्रसारणको मुख्य केन्द्र बन्नेछ। यसका साथै हाम्रा स्थानीय प्रतिभाहरू, कलाकार, सङ्गीतकार, लेखक, नाटककार, समाचारवाचक, समाचार निर्माता अनि रेडियो कन्टेट स्रष्टाहरूले आफ्नो दक्षता देखाउने अवसर पाउने छन्, रोजगार सिर्जना हुनेछ र नेपाली भाषा र संस्कृतिले अझ फल्ने-फुल्ने अवसर पाउने छ। यो हाम्रो दार्जीलिङ पहाड़, तराई, डुवर्स क्षेत्रमा नेपाली भाषामा प्रसारणसँग सम्बद्ध हरेकका लागि वरदान सिद्ध हुनेछ।’
सांसद विष्टले भने, ठोस जानकारीको अभाव, भ्रमको शिकार अनि केही निहित स्वार्थ बोकेका केही मानिसहरूले यस बारेमा आधारहीन झुट्टो प्रचार गरिरहेका छन् तर आकाशवाणी खरसाङ दिन्दिनै सबल हुँदै गइरहेको कुरोबाट उनीहरू अनभिज्ञ छन् भन्ने प्रस्ट भएको छ। यस सुनौलो अवसरको लाभ उठाएर हाम्रो दार्जीलिङ पहाड, तराई, डुवर्स अनि उत्तर पूर्व भारतका रेडियो कार्यक्रमसँग जोडिएका प्रतिभाहरूले नेपाली भाषामा राम्राभन्दा राम्रा कार्यक्रम अनि समाचार प्रसारणको मापदण्ड कायम गर्नेछन् भन्ने मेरो विश्वास छ। छिट्टै नै खरसाङ नेपाली भाषाको दूरदर्शन च्यानलको कन्टेन्ट जेनरेशन अनि प्रसारणको मूल केन्द्र पनि बन्नेछ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *