खरसाङ: खरसाङ शहरको मुटु मानिने मोटर स्ट्याण्डमा अवस्थित सार्वजनिक शौचालयको अघिल्लो भागमा अब विभिन्न प्रजातिका फूलहरू रोपेर एक सुन्दर बगैंचाको रूप दिने कामको थालनी चाँढै शुरू हुने भएको छ। जीटीए अन्तर्गत पावर विभाग, बागवानी विभाग अनि खरसाङ अभियान्त्रिक विभागबाट यो कार्य गरिने जानकारी प्राप्त भएको छ। जीटीए मुख्य कार्यपाल अनित थापाको असल, सकारात्मक सोच अनि आफ्नो ठाउँलाई सुन्दर बनाउने विचारलाई आत्मा साथ गर्दै मनोनित सभासद प्रणाम रसाईलीले यस कार्यको थालनी अब चाँडै हुने जानकारी गराएका छन्। तिनले अब चाँढै नै खरसाङको सुन्दरीकरणमा एक आयम थपिने जनाएका छन्। यता भागोप्रमो खरसाङ टाउन कमिटी सहसचिव बिरबल पाखरीनले यसबारे जानकारी दिँदै यस महत कार्यमा सबैले सहयोग गरिदिने आग्रह गरेका छन्।