पंचायत चूनावको संकेत पछिजीटीएभित्र चिया बगानहरू पर्दैन भन्नेहरू चिया बगानतिरै कुत्दैछ: एडवाडर्स

IMG-20230323-WA0173.jpg

दार्जीलिङ: पंचायत चूनाव हामीले गर्दा हुदैछ भन्ने कसैले धाक नपिटदा हुन्छ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो।हाम्रो पार्टी ले आफ्नो गठनकालदेखि नै जनताको राजको कुरा गर्दै आएको हो। पंचायत चूनाव भनेको जनताको राज हो, जनताको राजमा जनता नै राजा एडवाडर्सले भने। पंचायत चूनावको अधिकारिक घोषणा भएको छैन तर चूनाव हुने पक्का छ अनि चूनाव हुन पनि पर्छ तर पंचायत चूनाव हुने हल्ला सुन्न थालेपछि पहाडको कतिपय राजनैतिक दलहरूले हामीले गर्दा पहाडमा पंचायत हुदैछ भन्दै धाक पिटदैछ तर होइन अध्यक्ष एडवाडर्सले भने।दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टी ले बम्पर जीत हासिल गरेको थियो। त्यस अवधि राज्य की मुख्यमंत्री ममता ब्यानर्जी दार्जीलिङ आएकी थिइन अनि पहाडको अन्य राजनैतिक दलसंग संगै हामीलाई पनि भेटवार्ताको निम्ति निम्ताएका थिए। यहाँ रिचमाउण्ड हिल सरकारी अतिथि गृहमा आफु स्वयम, रितेश पोर्तेल आदिले मुख्यमंत्री ममता ब्यानर्जीसंग भेटवार्ता गरेका थियौ, त्यस अवधि त्यस समयको दार्जीलिङको पुलिस अधिक्षक अनि राज्यको अन्य मंत्रीहरू पनि उपस्थित थिए।मुख्यमंत्री ब्यानर्जीले हामीलाई दार्जीलिङ नगरपालिकाको चूनाव भयो, अब जीटीए सभाको चूनाव हुनेछ,त्यसरी नै पहाडमा पंचायत चूनाव गराउँने हामी लाई बताएका थिए। मुख्यमंत्रीले हामीलाई पहाडमा तीन स्तरीय पंचायत चूनावको लागि हामीले केन्द्र सरकार लाई संविधान संशोधनको निम्ति दुई दुई चोटी पत्रचार गरेर पनि कुनै चोसो नदेखाउदा पहाडमा दुई स्तरीय पंचायत चूनाव गराउने स्पष्टसंग बताएका थिए तर अहिले पहाडको कतिपय राजनैतिक दलको नेतृत्वहरूले हाम्रो कारणले गर्दा पहाडमा पंचायत चूनाव हुन जान्दैछ भन्ने जस्ता झूठो प्रचार प्रसारहरू गर्दै हिडदैछ हाम्रो पार्टी अध्यक्ष एडवाडर्सले भने।पहाडमा विगत धेरै सालदेखि पंचायत चूनाव नभएको कारणले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा विकाश पूग्न सकेको छैन त्यसकारण पहाडमा पंचायत चूनाव हुनै पर्छ अनि हाम्रो पार्टी पंचायत चूनावको पक्षमा छ एडवाडर्सले भने। पंचायत चूनावको हुने संकेत पाएपछि जीटीए सभा को चूनावमा जनतालाई झूठो आश्वसन दिनेहरू गाउँ गाउँ कुदन थालेको छ, जीटीए सभाको चूनावमा ती राजनैतिक दलको नेतृत्वहरूले सिधा सोझो जनतालाई तपाईहरूको गाउँ यो बनाई दिन्छु, त्यो बनाई दिन्छु भन्दै आशा देखाए, यहाँसम्म की लिखित रूपमा समेत दिएका थिए तर आज जीटीए सभा गठन भएको ९ महिना नाघी सक्दा पनि सत्ता चैकीमा बस्नेहरूले केही गर्न सकेको छैन, जनतालाई दिएको लिखित वाचा हरू पूरा गर्न सकेको छैन पहाडको जनताले यस्तो विषयहरूलाई ध्यानमा राख्नु पर्छ, चिप्लो भाषण र झूठो कुरामा नफस्ने अध्यक्ष एडवाडर्सले आहवान गरयो। तिनले अघि भने जीटीए सभाको चूनाव अवधि भागोप्रमो को नेतृत्वहरूले चिया बगानको बासिन्दाहरूलाई विकाशको ठूल्ठूलो सपनाहरू देखाए तर जीटीए सभामा उनीहरूले बोर्ड गठन गरेपछि चिया बगानहरू जीटीए सभामा पर्दैन भन्दै चिया बगानहरूलाई जीटीएदेखि अलग राख्ने संकेतसम्म दिएका थिए।पंचायत चूनावको संकेत पाएपछि आज फेरि उनीहरू चिया बगानहरूमा घूम्दै हिडदैछ,यस्ता दुई मुखे नेतृत्वहरूसंग जनतालाई सावाधान बस्ने आहवान गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पहाडबासीले यस्ता झूठा नेताहरूलाई ठीक पार्न पर्छ अनि पंचायत चूनावमा जनताको राज ल्याउँनू पर्छ, पंचायत चूनावमा हाम्रो पार्टी एंव जनताको राज ल्याउन सक्यौ भने झूठा नेताहरूको दल गल्ने छैन भन्ने तिनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *