रंगबुल धोतरिया रंगमुक समष्टिको लागि १०३.५३ करोड़को लगातमा बनिने जल जीवन मिशन परियोजनाको शिलान्यास

photocollage_2023323174249400.jpg

सोनादा: रंगबुल धोतरिया रंगमुक समष्टिको लागि जल जीवन मिशन अन्तर्गत घर घरमा पानीको नल जड़ान योजनाको आज जीटीए चिफ् अनित थापाले शिलान्यास गरेका छन्। रंगबुल धोतरिया रंगमुक समष्टिको मुण्डाकोठी खेल मैदानमा सम्पन्न उक्त करोड़ौं रुपियाँको जल जीवन मिशन अन्तर्गत पेय जल परियोजनाको शिलान्यास कार्यक्रमको अध्यक्षता समाजसेवी एंव शिक्षक नरबहादुर तोयाले गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले राखेका थिए भने कार्यक्रमलाई सञ्चालन क्रितम सेञ्चुरी र पवन राईले गरेका थिए। रंगबुल धोतरिया रंगमुक समष्टिको लागि गरिएको उक्त जल परियोजना अन्तर्गत मुण्डाकोठी चियाबारीको लागि १४.२० करोड़, कलेज भेल्लीको लागि २१.२५ करोड़, धोतरिया चियाबारीको लागि ३७.२४ करोड़, सुखिया पोखरी खण्ड अन्तर्गत धोतरिया फरेस्टको २.३८ करोड़, रंगबुल एण्ड हिल कार्ट रोड क्षेत्रको लागि २१.२४ करोड़ अनि रंगमुक सिडर्स ( लोवर) चियाबारीको लागि ७.२५ करोड़ रुपियाँको लागतमा भईरहेको उक्त जल जीवन योजनाको विधिवत शिलान्यास जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट गरिएको छ।

कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन, सभासदहरू नुरी शेर्पा, सतीश पोखरेल, प्रमोस्कर ब्लोन, पूर्व सभासद महेन्द्र प्रधान, विज्ञान मिश्र, पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्राती, सुखिया खण्ड विकास अधिकारी लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा समष्टीको पक्षबाट जीटीए चिफ् अनित थापालाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै रंगबुल धोतरिया रंगमुक समष्टिको सामाजिक कार्यकर्ता, राजनीतिक क्षेत्रका व्यक्तिहरू, सभासदहरू र अन्यलाई पनि समष्टीको पक्षबाट सम्बर्ध्दना जनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *