पहाड़मा पानीको काम दश प्रतिशत पनि भएको छैन तर पानीमाथि राजनीति भईरहेको छ: अनित थापा

IMG-20230323-WA0179.jpg

सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले पानीलाई लिएर राजनीति भईहेको छ भनी बताएका छन्। उनले भएन भन्नु सजिलो छ तर काम गरेर देखाउनु कठिन हुन्छ भन्दै पहाड़मा पानीको दश प्रतिशत पनि काम भएको छैन। तर घोटाला भयो मात्र भयो भन्छ। कसैले कान लग्यो भन्दैमा कान नछामी कुद्नु हुँदैन भनी बताएका छन्। रंगबुल धोतरिया रंगमुक समष्टिको लागि जल जीवन योजनाको शिलान्यास कार्यक्रममा बोल्दै जीटीए चिफ् अनित थापाले अघि भने, ‘पानीको काम शुरु भएको छैन। नेगेटिभि प्रचारले नेताहरू काम बन्द गर्ने पक्षमा छन्। सय दिने रोजगारको काम पनि बन्द भएको छ। तपाईहरूले भोट दिएर जिताएको सासंदले नै पोल लगाएर बन्द गराएको हो। सांसद राजु विष्टलाई गोर्खाल्याण्डको लागि भनेर जिताएर पठाएको हो।त्यो काम गर्नु पर्ने हो। हामी राज्यसित मिलेर विकासको कार्यहरू गरिरहेका छौं।’
जीटीए चिफ् अनित थापाले अघि भने, रंगबुल धोतरिया, रंगमुक समष्टिको लागि जल जीवन योजनाको शिलान्यास गरिएको छ र यस कामको निरीक्षण गर्नको लागि गाउँमा कमिटी बनाउनुपर्छ। सबै घरमा पानी पुग्नुपर्छ तर काम गर्दा डिस्टर्ब नभएको राम्रो हो। काम विषयमा सभासदलाई जानकारी गराउनु होस् भएन भने मलाई पनि जानकारी गराउन सक्नु हुनेछ।’
अनित थापाले रंगबुल धोतरिया रंगमुक समष्टिको कमानहरू खोलाउन सक्षम भयौं भन्दै यस भेल्लीको उन्नति र विकासको लागि समष्टी कमिटीलाई भनेको छु कि प्रायोरिटी अनुसार काम गर्दै जानेछु। तपाईहरूलाई परेको समय म सदैव तपाईहरूको साथमै रहनेछु। यस भेल्लीलाई उन्नति र पर्यटकीय मानचित्रमा अघि ल्याउन तपाईहरू सबैको आवश्यकता छ।’

जीटीए चिफ् अनित थापाले पञ्चायत चुनाव विषयमा बोल्दै भने, ‘धेरै वर्षपछि पहाड़मा पञ्चायती व्यवस्था ल्याउन सफल भएका छौं। अब पहाड़मा पञ्चायत चुनाव हुने भएको छ। हामी पञ्चायत व्यवस्थादेखि विमुख हुनु भनेको विकासदेखि वञ्चित हुनु हो। विगतका लिडरहरूले आफ्नो कुर्सी बचाउनलाई पञ्चायत व्यवस्थाबाट वञ्चित पारेका रैछ अहिले बुझ्दैछौं। कारण पञ्चायत र पञ्चायत समितिमा निर्वाचितहरू भएको खण्डमा नेताहरूको पावर घट्ने डर थिएछ। तर यसपाली हाम्रो कुर्सीभन्दा पनि पञ्चायती व्यवस्थाको खाँचो छ। भारतभरि पाईरहेको सुविधा जीटीए क्षेत्रले पनि पाउनुपर्छ।’
अनित थापाले अझ भने, ‘यसपाली आफ्नो गाउँ सजाउने समय आएको छ। गाउँ सजाउने सही मान्छे चुन्नुहोस्। प्रत्येक बुथबाट राम्रो मान्छे जिताएर पठाउनु हवस ताकि गाउँको राम्रो विकास र उन्नति भएको होस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *