पशु तस्करी मामिलामा आसनसोल जेल अधीक्षकलाई ईडीले दिल्ली बोलायो

ED-3-1

कोलकाता: पशु तस्करी मामिलामा केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) ले आसनसोल जेल अधीक्षकलाई सोधपुछको निम्ति दिल्ली बोलाएको छ। उनीसित आफ्नो ब्याङ्कमा भएको लेनदेनसित सम्बन्धित दस्तावेज पनि ल्याउनलाई भनिएको छ।जेल अधीक्षक कृपामय नन्दीलाई ०५ अप्रेलमा बोलाइएको छ। यसको पुष्टि गर्दै कृपामयले भने, उनलाई ०५ अप्रेलको दिन दिल्ली बोलाइएको छ तर कुन कारणले बोलाइएको हो, उनलाई यसबारे जानकारी छैन। आफ्ना शीर्ष अधिकारीहरूलाई उनले जानकारी दिएका छन् र निर्देश पाए अनुसार उनीहरूले काम गर्नेछन्। उल्लेख्य, पशु तस्करीको मास्टरमाइन्ड इनामुल हकदेखि लिएर बीरभूम जिल्लाको बाहुबली तृणमूल नेता अणुव्रत मण्डल, उनका बडीगार्ड सहगल हुसैनी सहित अन्य आरोपित आसनसोल जेलमा बन्द थिए। जेलमा यी सबैलाई विशेष सुविधाहरू दिइएको आरोप छ। यस बाहेक यिनीहरूसित कसले भेट गरेको थियो र यी कैदीहरूको गतिविधिहरू के कस्तो थियो, यसबारे सोधपुछ हुनेछ। अहिले ईडी अणुव्रतलाई दिल्ली लिएर आएको छ र उनीसित त्यहाँ लगातार सोधपुछ भईरहेछ। सूत्रहरू अनुसार, मण्डलले सोधपुछमा सहयोग गरिरहेका छैनन्। यसैले यस सम्बन्धमा जेल अधीक्षकसित पनि सोधपुछ गरी धेरै तथ्य हासिल गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement