लगातार तीनवटा गोल्डन डकः सूर्यकुमार यादवको लाजमर्दो रेकर्ड

IMG-20230323-WA0103.jpg

२३ मार्चः टी२० क्रिकेटका नम्बर एक ब्याटर सूर्यकुमार यादवको नाममा एउटा लाजमर्दो रेकर्ड दर्ता भयो। अष्ट्रेलिया विरुद्ध वनडे सीरीजको तेस्रो तथा निर्णायक म्याचमा पनि सूर्यकुमार गोल्डन डक (पहिलो बलमै आउट) को शिकार बने। भारतीय ईनिंग्सको २९औं ओभरमा अष्ट्रेलियाई स्पिनर एश्टन एगरले पहिलो बलमा विराट कोहली (५४)-लाई आउट गरे। त्यसको लगत्तै पछि एगरले दोस्रो बलमा सूर्यकुमारलाई बोल्ड गरे। यसको साथै सूर्यकुमार वनडे क्रिकेटमा लगातार तीनवटा म्याचमा गोल्डन डक-को शिकार बन्ने तेस्रो भारतीय बने। अष्ट्रेलिया विरुद्ध पहिलो दुईवटा म्याचमा पनि उनी पहिलो बलमै आउट भएका थिए। पहिलो दुईवटा म्याचमा उनलाई अष्ट्रेलियाई पेस बलर मिचेल स्टार्कले आउट गरेका थिए। लगातार तीनवटा म्याचमा गोल्डन डक-को शिकार बन्ने भारतीयहरूमा महान सचिन तेन्दुलकर पनि सामेल छन्। सचिन १९९४-मा लगातार तीनवटा म्याचमा पहिलो बलमै आउट भएका थिए। यसबाहेक अनिल कुम्बले (१९९६), जहीर खान (२००३-०४), ईशान्त शर्मा (२०१०-११) र जसप्रीत बुमराह (२०१७-१९) यस लिस्टमा रहेका छन्। टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को रेकर्ड बनाउने सूर्यकुमारले वनडे इण्टरनेशनल क्रिकेटमा चाहिँ अहिलेसम्म केही खास गरेर देखाउन सकेका छैनन्। उनले २३ वटा वनडे म्याचमा २४.०६-को औसतले केवल ४३३ रन बनाएका छन्। उनको नाममा केवल २ वटा अर्द्धशतक रहेको छ। यसको विपरीत टी२०आई-मा चाहिँ उनले तीनवटा शतक बनाइसकेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *