महिला विश्व बक्सिंग च्याम्पियनशीपः निकहत, लवलीना, नीतू र स्वीटीले पदक पक्का गरिन्

IMG-20230323-WA0088.jpg

२३ मार्चः प्रबल दावेदार निकहत जरीन र लवलीना बोरगोहेनले आशानुरुप प्रदर्शन गर्दै नयाँ दिल्लीमा जारी महिला विश्व बक्सिंग च्याम्पियनशीपको सेमिफाइनलमा स्थान बनाएर भारतको निम्ति पदक पक्का गरिन्। यी दुई बाहेक कमनवेल्थ गेम्स च्याम्पियन नीतू गंघास (४८ किग्रा) र अनुभवी स्वीटी बूरा (८१ किग्रा) पनि अन्तिम चारमा पुग्न सफल भइन्। नयाँ ओजन वर्गमा खेल्दै वर्तमान च्याम्पियन निकहत (५० किग्रा)-ले थाईल्याण्डकी चुथामाटा रकसातलाई ५-२-ले पराजित गरी आफ्नो दोस्रो विश्व च्याम्पियनशीप पदक पक्का गरिन्। यसरी नै लवलीना (७५ किग्रा)-ले मोजाम्बिककी एडोसिण्डा राडी ग्रामानेलाई ५-०-ले पराजित गरिन्।

यसबीच भारतकी साक्षी चौधरी (५२ किग्रा) र गत चरणको काँस्य पदक विजेता मनीषा मौन (५७ किग्रा) चाहिँ सेमिफाइनलमा पुग्न असफल भइन्। कमनवेल्थ गेम्समा काँस्य पदक जित्ने जेसमिन लम्बोरिया (६० किग्रा) र नुपूर श्योराण (८१ किग्रा भन्दा अधिक)-ले पनि हारको सामना गर्नु पऱ्यो।
सेमिफाइनलमा निकहतले कोलम्बियाकी इण्ग्रिट भेलेन्सियाकी चुनौती स्वीकार्नेछिन्, जसले रियो ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्। हरियाणाकी २२ वर्षीय नीतूले दोस्रो राउण्डमा आरएससी (रेफरीद्वारा लड़ाइँ रोकिनु) को मध्यामले जापानकी माडोका वाडालाई पराजित गरिन्। यसरी नै च्याम्पियनशीपमा आफ्नो पहिलो बाउट खेलिरहेकी स्वीटीले आफ्नो शीर्ष वरीयता अनुरूप प्रदर्शन गर्दै २०१८-मा काँस्य पदक जित्ने बेलारुसकी भिक्टोरिया केबिकावालाई ५-०-ले पराजित गरिन्। स्वीटीले २०१४-को च्याम्पियनशीपमा रजत पदक जितेकी थिइन्।

यसबीच साक्षीले चीनकी यु वु विरुद्ध ०-५-ले अनि मनीषाले फ्रान्सकी अमीना जिदानी विरुद्ध १-४-ले हारको सामना गर्नु पऱ्यो। जेसमिनलाई कोलम्बियाकी पाओला वाल्डेजले ५-०-ले अनि नुपुरलाई कजाखस्तानकी लज्जात कुगेबाएवाले ४-३-ले पराजित गरिन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *