पाकिममा जिल्ला स्तरीय पोषण पखवाड़ा एवं हस्ताक्षर अभियान शुरू

IMG-20230322-WA0349.jpg

पाकिम: महिला एवं बाल विकास विभाग अनि एकीकृत बाल विकास सेवा पाकिमको संयुक्त आयोजनमा जिल्ला स्तरीय पोषण पखवाड़ा एवं हस्ताक्षर अभियानको आज जिल्ला प्रशासनिक केन्द्र परिसरमा उद्घाटन गरियो। कार्यक्रममा जिल्लापाल टाशी छोपेल लेप्चा, पुलिस अधीक्षक कर्मा ग्याम्छो, मुख्यालयका महकुमा अधिकारी थेण्डुप लेप्चा अनि महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङ लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य पोषणको महत्व अनि स्थानीय पोषक खानेकुराहरूलाई बढ़ावा दिनु रहेको थियो।कार्यक्रम अवधि जिल्लापाल टाशी छोलेप लेप्चाले दैनिक जीवनमा राम्रो पोषण, बानी, प्रबर्द्धन र अभ्यास गर्ने सहभागीहरूले लिएको प्रतिज्ञालाई चित्रण गरे। प्रत्येक नानी अनि आमाले पोषण तत्व सुनिश्चित रूपमा पाउनुपर्ने कुरामाथि जोर दिँदै सन्तुलित आहार अनि पोषणको महत्वबारे बताए। आईसीडीएस टोलीले कोदोको विभिन्न परिकारहरू प्रदर्शित गरे। आवश्यक पोषणको मुख्य स्रोत कोदो रहेको उल्लेख गर्दै सन्तुलित आहारमा यसको महत्वबारे प्रकाश पाऱ्यो। प्रदर्शनीको मुख्य उद्देश्य प्रतिदिनको खानामा कोदोको प्रयोगमाथि प्रोत्साहित गर्नु रहेको थियो। पोषण पखवाड़ा २० मार्चको दिनदेखि शुरु भएको हो भने ३ अप्रेलको दिन यसको समापन हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *