गान्तोक नगर निगमका सफाई कर्मचारीहरूलाई सम्मान एवं प्रोत्साहन

278774123_303950011921772_2429274595928413246_n.jpg

गान्तोक: आज सफाई कर्मचारीहरूका लागि गान्तोक नगर निगमद्वारा सम्मान एवं प्रोत्साहन वितरण कार्यक्रम आयोजन गरियो। कार्यक्रममा गान्तोकका मेयर नील बहादुर छेत्री मुख्य अतिथि थिए। यस अवसरमा उप मेयर छिरिङ पाल्देन भोटिया, आयुक्त आरबी भण्डारी, उपायुक्त, पार्षदगण तथा अन्यहरू उपस्थित थिए। मेयर छेत्रीले आफ्नो सम्बोधनमा सफाई कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूका समाजप्रति सेवा र कडा परिश्रम प्रेरणास्रोत रहेको बताए। उनले सफाई कर्मचारीहरूको कडा परिश्रमको कदर गर्दै प्रोत्साहन एवं सम्मान प्रदान गरिएको बताए। उनले सफाई कर्मचारीहरूको सेवालाई सम्मान जनाउन आवश्यक रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *