राज्यपालले राज्यवासीहरूलाई सुख, समृद्धि र शान्तिको निम्ति पूजा गरे

ganeshtok-2.jpg

गान्तोक: भारतीय नयाँ वर्षको शुभ अवसरमा बुधवार राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यवासीहरूको सुख, समृद्धि र शान्तिको निम्ति राजधानीस्थित गणेश टोकमा पूजा अर्चना गरे।यसै सन्दर्भमा तादोङको श्री श्री दुर्गा मन्दिरमा स्थानीय मन्दिर समितिद्वारा चैत्र नवरात्रको अवसरमा विश्व शान्ति महायज्ञ एवं बाल्मिकी रामायण कथाको आयोजन गरियो। यस अवसरमा राज्यपाल आचार्यलाई पनि आमन्त्रित गरिएको थियो। राज्यपालले आयोजक समितिप्रति आभार प्रकट गरेका छन्। उनले सबै श्रद्धालुहरूलाई भारतीय नयाँ वर्षको शुभक व्यक्त गरे ।राज्यपालले प्रभु श्री रामको कथालाई सबैको निम्ति मंगलकारी बताउँदै भने, राम भगवानको सम्पूर्ण जीवन धैर्य, त्याग, शील, शालीनता र शक्तिको उदाहारण हो। राज्यपालले उपस्थित सबैसँग भगवान रामको चरित्रलाई आफ्नो जीवनमा उतार्न र मानव मूल्यहरूलाई आफ्नो गुणमा समाहित गर्न बल दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *