गान्तोक: केन्द्र सरकारको पीएमएमएसवाई योजना अन्तर्गत सिक्किम सरकारको मत्सय पालन निर्देशालयको पहलमा आज २ हजारवटा ट्राउट माछाको बच्चा वितरण गरियो। वर्ष २०२०-२१ को योजना अन्तर्गत ट्राउट माछाको बच्चा वितरण गरिएको हो। विशेष गरेर बुढियाखोप, अप्पर रुम्बुक, रिब्दी र अप्पर फेम्बोङका माछा पालकहरूलाई उनीहरूको आर्थिकस्थितिमा सुधार ल्याउने उद्देश्यले ट्राउट माछाको बच्चा वितरण गरिएको जानकारी गराएको छ। यस योजना अन्तर्गत सोरेङ जिल्लाका केही माछा पालकहरूलाई ट्राउट माछाको बच्चा प्रदान गरिएको बताइएको छ।