अनिरुद्ध थापाको गोलले भारतको जीत

IMG-20230322-WA0337.jpg

२२ मार्चः भारतीय फूटबल टीमले हीरो त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल टुर्नामेण्टमा जीतको साथ अभियान शुरु गऱ्यो। बुधवार खेलिएको टुर्नामेण्टको उद्घाटन म्याचमा भारतले छिमेकी देश म्यांमारलाई १-०-ले पराजित गऱ्यो।

मणिपुरको राजधानी इम्फालस्थित खुमान लम्पक स्टेडियममा आज खेलिएको म्याचमा म्यांमारले आयोजक देशलाई कड़ा चुनौती दिए पनि हारलाई टार्न सकेन। सुनिल छेत्रीको कप्तानीमा रहने भारतीय टीमबाट म्याचको एकमात्र गोल अनिरुद्ध थापाले छिराए। उनले मध्यान्तर अघि स्टपेज टाइमको पहिलो मिनटमा गोल गरी भारतलाई जीत दिलाए।

टुर्नामेण्टमा भारतको साथमा छिमेकी देश म्यांमार र किर्गिज गणराज्यको टीमले हिस्सा लिएको छ। भारतले अब २८ मार्चमा खेलिने म्याचमा किर्गिज गणराज्यको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement