बन्दुक र ब्राउन सुगरसहित २ जना पक्राउ

949ca945-8040-45a4-9ae8-a6efae1bf02d

उत्तर दिनाजपुर: जिल्लाको इस्लामपुर थाना प्रहरी अपराधीहरूको आतङ्क बन्दै गएको छ। गोप्य श्रोतबाट सूचना पाएपछि दलखोला प्रहरी चौकीले गए राति भरुवा बन्दुक र ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको हो। दलखोला प्रहरी चौकीका प्रहरी स्रोतका अनुसार गोप्य स्रोतबाट सूचना पाएपछि मंगलबार राति ओसी विश्वनाथ मित्रको नेतृत्वमा गएको पुलिस टोलीले विधानपल्ली बाइपास सडक वादी महानन्द पुलको दक्षिणतर्फ छापा मारेको थियो। पुलिसले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ। खबर पाएर करंदीघीका बीडीओ नितिश तामाङ र डिभिजन प्रहरी अधिकृत सौम्यानन्द सरकार घटनास्थल पुगेका थिए। पक्राउ परेकाहरूबाट ६ वटा प्याकेटमा जम्मा ५३० ग्राम ब्राउन सुगर बरामद भएको छ। जसको अनुमानित बजार मूल्य ६० लाख रुपियाँभन्दा बढी छ। यसबाहेक विधानपल्ली निवासी प्रदीप साह, अजय साहनीको साथबाट ७ एमएमको पिस्तोल र एउटा पाइपगन र २ थान ताजा कारतुस बरामद भएको छ। अभियुक्तलाई १४ दिनको पुलिस हिरासतको निवेदनसहित रायगञ्ज अदालतमा पठाइएको थियो, त्यसपछि रायगञ्ज अदालतले ९ दिनको पुलिस हिरासतमा राख्न अनुमति दिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement