अलिपुरद्वार: बिहान घाम लागे पनि दिउँसो फेरि डुवर्सका विभिन्न भागमा मेघ गर्जनसँगै भारी वर्षा सुरु भयो। जसका कारण दिनको तापक्रममा उल्लेख्य गिरावट आएको छ। मौसममा सुधार आउने सम्भावना नरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबारअघि डुवर्सको मौसममा सुधार आउने सम्भावना छैन। जसका कारण डुवर्सवासी फेरि जाडोको मुडमा छन्। बुधबार दिउँसोदेखि नै कालचिनी, हाँसीमारा, ह्यामिल्टनगञ्ज, दलसिङपाडा, जयगाउँलगायत डुवर्सका विभिन्न क्षेत्रमा अविरल वर्षा भएको छ। जसका कारण मानिसहरू घरमै थुनिएका छन्। दार्जिलिङ, कालेबुङ, जलपाईगढी, अलिपुरद्वार, कुचबिहार जिल्लाहरूमा आगामी तीन दिनमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ। शनिबारसम्म उत्तर बंगालमा हल्का वर्षाको सम्भावना रहेको छ।