सडक दुर्घटनामा दुलाहासहित कार चालकको मृत्यु

IMG-20230322-WA0253.jpg

जलपाइगढी: सडक दुर्घटनामा दुलहीसहित कार चालकको मृत्यु भएको छ। जलपाइगढी बेरुबाडी सिपाहीपाडा क्षेत्रमा आफन्तको घरबाट फर्कने क्रममा अल्टो कार रुखमा ठोक्कियो। दुर्घटनामा चालक र नवविवाहित महिलाको मृत्यु भएको छ। घटना बुधबार जलपाइगढी नगरपालिकाको वार्ड नम्बर ३ पूर्वी सेनपाडा क्षेत्रमा भएको बताइएको छ। पूर्वी सेनपाडा निवासी मिठु सिकदार अल्टो कारमा जलपाइगढीको बेरुबाडी क्षेत्रमा आफन्तको घर गएका थिए। मंगलबार राति आफन्तको घरबाट फर्कने क्रममा जलपाइगढीको राखादेवी क्षेत्रमा अल्टो रुखसँग ठोक्किएको हो। घटनाको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर घाइतेलाई निकाल्ने प्रयास गरेपनि कार चालक अमृत मल्लिककी नवविवाहित श्रीमती र सवार मिथु सिकदारको घटनास्थलमै मृत्यु भएको थियो। यो सँगै अर्का एकको अवस्था चिन्ताजनक रहेको छ। जलपाइगढी नगरपालिकाका पार्षद स्वरूप मण्डलले बिहानै दुवै जनाका घरमा गएर उनीहरूप्रति सहानुभूति प्रकट गर्दै सबै प्रकारको सहयोग गर्ने आश्वासन दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *