रेष्टुरेण्टमा डिनर गर्न गएर प्रशंसकहरूका भीड़मा फसे मेस्सी

IMG-20230322-WA0333.jpg

२२ मार्चः ब्यूनस आयर्स नजिक पालेरमोमा एउटा रेष्टुरेण्टमा लियोनल मेस्सी डिनर गर्न गएका थिए। आफ्नो नायक रेष्टुरेण्टमा आएको पत्तो लागेपछि प्रशंसकहरू उनलाई भेट्न त्यहाँ आए। हेर्दा हेर्दै डन जूलियो रेष्टुरेण्टमा मेस्सीको प्रशंसकहरूका भीड़ जम्यो। मेस्सीले रेष्टुरेण्ट बाहिर निस्किन स्थानीय पुलिसको सहायता लिनु पऱ्यो। सड़कमा ओर्लिएका प्रशंसकहरू मेस्सी…मेस्सी….भन्दै चिच्याइरहेका थिए। अन्तमा मेस्सी पुलिसको सहायता लिएर जसोतसो रेष्टुरेण्टबाट बाहिर निस्किए। उल्लेखनीय छ, मेस्सीले गत वर्ष कतरमा भएको फिफा विश्व कपमा अर्जेण्टिनालाई च्याम्पियन बनाएका थिए। विश्व कप जितेपछि मेस्सीले महान फूटबलर म्याराडोनाले जस्तो दर्जा पाएका थिए। कतर विश्व कप अघिसम्म ठूलो टुर्नामेण्टहरूमा असफलताले गर्दा मेस्सी धेरैपल्ट आलोचनाको शिकार पनि बनेका थिए। मेस्सीले २०१६-मा त सन्न्यासको घोषणा पनि गरेका थिए तर पछिबाट उनले आफ्नो फसेला बद्लिए। गत वर्ष कतरमा अर्जेण्टिनालाई विश्व च्याम्पियन बनाएपछि विश्वभरि फूटबलप्रेमीहरूबीच मेस्सीलाई लिएर पागलपनमा व्यापक बढ़ोत्तरी भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *