जीटीए राहत कोषको नाममा उठेको रकम श्रमिकलाई फिर्ता गर्ने मागमा सबै राजनीतिक नेताहरू एकजुट हुनुपर्छ: पेम्बा रिम्पोर्छे

IMG-20230322-WA0332.jpg

खरसाङ: सामी लाखाङ गुम्बा खरसाङका बौध्द धर्मगुरु पेम्बा रिम्पोर्छेले फेरि एकपल्ट कोरोनाकालमा चिया श्रमिकहरूको नाममा उठाएको रकम श्रमिकहरूलाई नै दिने मांग गरेका छन्। उनले कोरोना अवधिमा चिया बगानमा काम गर्ने श्रमिकहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले जीटीएको नाममा उठाएको रकम फिर्ता गर्ने माग दोहोऱ्याएका छन्। श्रमिकलाई राहत कोष दिनको निम्ति विभिन्न पत्रपत्रिकासहित सामाजिक सञ्जालमार्फत् अनुरोध गरिएको थियो। रिम्पोर्छेले अघि भने, ‘मैले संकलित राहत कोषबाट प्रस्तावित श्रमिक भवन आफ्नै खर्चमा बनाउने भनेको थिएँ, सिलगढीमा श्रमिक भवन बनाउने ठाउँ दिनुपर्छ। बिना कुनै हिचकिचाहट् मेरो तर्फबाट पूर्ण सुविधासम्पन्न श्रमिक भवन बनाइदिन्छु तर आजसम्म कतैबाट पनि यस विषयमा सकारात्मक प्रतिक्रिया आएको छैन। यस सन्दर्भमा प्रतिक्रिया नआएपछि आज पुन: जीटीए राहत कोषको नाममा जम्मा भएको रकम श्रमिकलाई यथाशीघ्र फिर्ता गर्न माग गर्दै पुनः दोहोर्‍याइरहेको छु। मैले आफ्नै खर्चमा सिलगढीमा श्रमिक भवन बनाउने घोषणा गरिसकेको अवस्थामा राहत कोषको नाममा उठेको रकम श्रमिकलाई फिर्ता गर्न सम्बन्धित विभागीय अधिकारीले किन आवश्यक पहल गरिएन?’
यो विषयलाई गम्भीरताका साथ लिएर उनले दार्जिलिङ पहाडी क्षेत्रका सबै राजनीतिक दलका नेताहरुलाई एकजुट भएर आवाज उठाउन आह्वान समेत गरेका छन्। यस विषयमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)का प्रमुख अनित थापाको मौनतामाथि प्रश्न गर्दै उनले जीटीए राहत कोषको नाममा उठेको रकम श्रमिकलाई फिर्ता गर्न पनि माग गरेका छन्। धर्मगुरु पेम्बा रिम्पोर्छेले अन्त्यमा जीटीएका प्रमुख अनित थापालाई, ढुक्क हुने औ सिलगढीमा जहाँ जमीन उपलब्ध गराइन्छ त्यहाँ आफ्नो तर्फबाट पूर्ण सुविधा सम्पन्न श्रमिक भवन बनाइदिने पनि घोषणा गरे। उनले अझ भने, तपाईंले जीटीए राहत कोषको नाममा जम्मा भएको रकम कामदारहरूलाई फिर्ता गर्ने व्यवस्था गर्नुहोस्। श्रमिक भवन बनाउन तयार हुँदा चिया बगानमा काम गर्ने मजदुरको हितमा राहत कोषको नाममा उठेको रकम फिर्ता गर्न के हानि?’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *