म्याराथन धावक प्रिया छेत्रीलाई शुभकामना अनि आर्थिक सहयोग

IMG-20230322-WA0293.jpg

२२ मार्चः कञ्चनजंघा फूटबल क्लब (केएफसी)-को तर्फबाट खोलाचन्द फाप्रीकी म्याराथन धावक प्रिया छेत्रीलाई बुधवार सुकनाको इला पाल स्कूल खेल मैदानमा आउँदो दौड़को निम्ति शुभकामना सहित केही आर्थिक सहयोग पनि प्रदान गरियो। प्रियाले आउँदो २६ मार्चको दिन बेंगलुरुमा हुने वनएट (One8) रन-मा हिस्सा लिनेछन्। भारतीय क्रिकेटर विराट कोहलीको ब्राण्ड वनएट-द्वारा आयोजन गरिने यस दौड़मा तीनवटा वर्ग (५ किमी, १० किमी र १८ किमी) रहनेछ। यसमा प्रियाले १८ किमी-को दौड़मा हिस्सा लिनेछिन्। कोहली स्वयंले यस दौड़लाई फ्ल्याग अफ् गर्नेछन्। पहिलोपल्ट आयोजन गरिने यस दौड़मा हिस्सा लिन प्रियाले आज बेंगलुरु प्रस्थान गरिन्। आजको कार्यक्रममा सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएसन,  सुकना ग्राम वेल्फेयर समिति अनि सुकना ग्रामीण महिला समिति भाग २ का सदस्यहरू पनि उपस्थित थिए। केएफसी-को पक्षबाट मुख्य प्रशिक्षक दिनकर छेत्री, सुरेन प्रधान, ललित राई, बिजय लिम्बु, शिव कुमार  राई, सञ्जय छेत्री, रोल्याण्ड सुब्बा, मदन राणा  र सुरज नौबाग  उपस्थित थिए।  बिजय लिम्बू र शिव कुमार राईले सयपत्री फुलको माला पहिराए भने ललित कुमार राईको बाहुलीबाट प्रियालाई नगद राशि प्रदान गरियो। त्यसरी नै सुकना ग्राम वेल्फेयर समितिबाट सबिता सुब्बा, रत्ना थापा, कविता प्रधान, सबिना प्रधान, मानोता  गुरुङ अनि सुकुना ग्रामीण महिला समितिबाट बिन्दिया राई, अनिता लामा र निरुता लामा उपस्थित थिए। केएफसी-का सबै खेलाड़ीहरूले पनि खदार्पण गरी प्रियालाई शुभकामना जनाए। प्रियाले गत केही महिनाभित्र विभिन्न म्याराथनहरूमा हिस्सा लिएर आफ्नो छाप छोड़ेकी छन्। कठोर मेहनत अनि लगनको साथ आफ्नो प्रदर्शनमा लगातार सुधार गर्ने प्रियाले बेंगलुरुमा पनि असल प्रदर्शनको आशा व्यक्त गरिन्। आजको कार्यक्रममा प्रियाका पिता प्रकाश छेत्री पनि उपस्थित थिए। म्याराथन धावकको रूपमा एउटा सफल करियरको निम्ति सटीक प्रशिक्षण, पोषण अनि पोशाक (ड्रेस, जुत्ता आदि)-को आवश्यकता पर्ने हुनाले अनि परिवार मात्रको सहयोगले यी समस्त सुविधाहरू उपलब्ध गराइन नसकिने हुनाले खेलप्रेमी सबै महानुभावहरू समक्ष प्रियालाई सहयोग गरिदिने अपील केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानले गरेका छन्। प्रियाका पिता प्रकाश छेत्रीको जीपे नम्बर ८१७०८२९२९० रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *