दोस्रो तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार प्रदान गरिने

IMG-20230322-WA0279.jpg

खरसाङ: समाजसेवी एवम् पर्यटन व्यवसायी तितस लेप्चाको स्मृतिमा स्थापित तितस लेप्चा स्मृति पुस्तकालयको तत्वावधान अनि लेप्चा परिवारको प्रायोजनामा वर्ष २०२२ देखि प्रदान गर्न थालिएको ‘तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार’ आगामी २८ मार्चका दिन लोअर सिटोङस्थित पुस्तकालय भवनमा आयोजन हुने एक कार्यक्रममा प्रदान गरिनेछ। प्राप्त जानकारी अनुसार दोस्रो ‘तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार’ सिटोङ तीनकी विद्यार्थी प्रार्थना गुरुङलाई गत वर्षको कक्षा दशको अन्तिम परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण गरेवापत् प्रदान गरिनेछ। विद्यार्थीलाई पुरस्कारस्वरूप नगद राशी २०,००० (बीस हजार) अनि प्रशस्ति पत्र प्रदान गरिनेछ। उक्त पुरस्कारको निम्ति सिटोङ एक, दुई अनि तीन क्षेत्रका विद्यार्थीहरूबाट परिक्षाफल आमन्त्रित गर्ने गरिन्छ अनि प्राप्त परिक्षाफलमध्ये सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने गरिन्छ। पुस्तकालय सञ्चालन समितिको तर्फबाट यी जानकारी दिंदै अध्यक्ष बिनीता छेत्रीले बताए अनुसार यस वर्ष अनिवार्य कारणवश ‘तितस लेप्चा स्मृति स्रष्टा पुरस्कार’ स्थगित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement